सरसफाइ पहिलो सर्त

सरसफाइ पहिलो सर्त

कोरोना महामारीलाई साक्षेपरूपमा विश्लेषण गर्ने हो भने प्रत्येक व्यक्ति आज कोरोना भाइरस (कोबिड– १९ ) को प्रभाव क्षेत्रमा छ। यो भाइरसबाट कुनै ठाउँ र कुनै व्यक्ति सुरक्षित छैन। यो एक अदृश्य भाइरस (विषाणु) हो। अरू भाइरसजस्तै जो देखिँदैन। यसकारण जीवनको यो संकटका बेला कोरोनासँगको युद्धमा विजयको सम्भावनाका लागि हामीसँग दुइटा ऊपाय छन्। पहिलो उपाय सजगता, सतर्कता र बौद्धिकताले संक्रमणको प्रभावबाट आफूलाई बचाएर राख्नु हो। अर्को ऊपाय हो– आफ्नो शरीरको रोगप्रतिरोधक क्षमता एवं आत्मबललाई यति बलियो बनाऔं कि कोरोनारूपी शत्रु परास्त होस् तर तपाईंलाई स्पर्श नगरोस्। यहाँ शत्रुका बारेमा स्पष्ट जानकारी हुन जरुरी छ कि विषाणु (भाइरस) सजीव वा निर्जीवबीचको कडी हो अर्थात् यो कुनै सजीव कौशिका (सेल) मै रहेर सजीवको जस्तै व्यवहार गर्न सक्छ। यिनीहरू धैरै प्रजातिमा विभक्त छन् तर सबै भाइरसको मानिसमा सोझै असर हुँदैन। अधिकांश जनावर र चराचुरुंगीबाट मानिसमा सञ्चारित या प्रसारित हुन्छ। अनुकूल ताप वा वातावरण मा यसले अफ्नो संख्या बढाउँछ। यस समयमा रोगको पहिचान गर्ने कुनै प्रकारको लक्षण शरीरमा उत्पन्न हुँदैन। यो समयलाई इन्क्युवेसन पिरियड भनिन्छ। तर जब संख्यात्मकरूपमा यी भाइरसहरूको वृद्धि भइसक्छ। त्यसपछि प्रभावित व्यक्तिमा रोगका लक्षण देखिन थाल्छ।

हाम्रो शरीरमा पनि लोकल इन्टेलिजेन्सको जस्तै सूचनातन्त्र हुन्छ। सूचनातन्त्रले डब्लूबीसी (सेतो रक्तकण) लाई शरीरको प्रभावित भागलाई लक्षित गरी भाइरस नियन्त्रणका लागि पठाउँछ। सुरक्षात्मक कारबाहीको दौरान रुघा, खोकी वा हाछ्युँ गर्दा निस्किने तरल पदार्थ (पानी) को थोपाका माध्यमबाट संक्रमणलाई बाहिर निकाल्नु वा शरीरले जीउको तापक्रम बढाएर भाइरसको गतिविधि नियन्त्रण गर्न खोज्छ। किनभने अधिकांश भाइरस नोवल कोरोना भाइरस (कोभिड– १९) बाहेक अन्य भाइरस ९९.८ डिग्री फोरेनहाइटभन्दा बढी तापक्रममा आफ्नो सक्रियता बढाउन सक्दैन। न त विषाणु (भाइरस) आफ्नो सुरक्षाहेतु विषाक्त प्रदर्शित गर्छ। यस द्वन्द्वमा प्रभावित व्यक्तिलाई ज्वरो आउनु, जीउ दुख्नु हुन सक्छ। व्यक्तिमा यो भाइरसको प्रवेशको सरलतम मार्ग भनेको श्वासप्रश्वासको उपरी भाग हो। अर्थात् नाक, मुख र आँखा हुन सक्छ। जहाँ यी भाइरस आफूलाई सजिलैसित स्थापित गर्न सक्छ किनभने शरीरको यस अंगमा श्लेष्मिक स्रावको आद्रताका कारण तापमान शरीर वा वातावरणभन्दा एकदुई डिग्री कम हुन्छ। जुन ठाउँ भाइरसको रेप्लिकेसनका लागि उपयुक्त हुन्छ। शरीरको सुरक्षातन्त्रले प्रवेश मार्गमा यसको पहिचान गरी रोक्ने र बाहिर निकाल्ने प्रतिधिmया लक्षणका रूपमा शरीरलाई सूचित गर्छ। जस्तै– (नाकमा भए नाकबाट पानी आउनु, नाक चिलाउनु र हाछ्युँ आउनु। आँखाबाट प्रवेश गरेमा आँखाबाट आँसु आउनुका साथै टाउको दुख्ने, यस्तै आक्रमण गलामा भएको छ भने घाँटी दुख्नु, कुनै खाद्य वा पेय पदार्थ निल्दा तकलिफ हुनु, स्वर भासिनु, सुक्खा खोकी लाग्नु। यस्तै– गलादेखि अलिक तलतिर ब्रोंकाई (श्वासनली) मा भए सुक्खा खोकी लाग्नुका साथै बहुतै कम कफ आउनु या गाढा कफ देखिनु। यसैगरी क्रमसस (यस भाइरसको अगाडि बढ्ने क्रम फोक्सोमा पुगेपछि ज्वरो, निमोनिया, श्वास फेर्न गाह्रो हुनु आदि। यसपछि यस भाइरसले शरीरको अन्य अंग तन्त्रलाई प्रभावित गर्न सक्छ। अर्थात् लक्षणले भाइरसको संक्रामकता वा प्रभावको स्तरलाई पनि प्रदर्शित गर्छ। तर वर्तमान समयमा कोरोना भाइरस (कोभिड– १९) को जुन प्रजातिको विश्वभरि प्रसार छ, त्यसबारेमा अथवा यसको कारगर उपायबारेमा हालसम्म वैज्ञानिकहरूलाई जानकारी भइसकेको छैन। यस्तो बेलामा सचेत, सतर्क भएर स्वयंलाई भाइरस संक्रमणको सम्भावना कम गर्न संक्रमित व्यक्ति या त्यस क्षेत्रलाई समेत बचाएर राख्न्नका साथै आत्मबल बलियो बनाएजस्तै आफ्नो शरीरको इम्युनिटी पावर (रोगप्रतिरोधक क्षमता) लाई बढाउने उपाय गर्नु श्रेयस्कर हो।

संक्रमणबाट बच्ने के छ त उपाय ?

कोभिड– १९ को हालसम्म कुनै औषधि छैन। यसकारण विश्व स्वास्थ्य संगठनले बचाऊ पक्षलाई सर्वाधिक महŒवपूर्ण मान्दै केही निर्देशन दिएको छ। जुन नियमको पालना प्रत्येक व्यक्तिद्वारा अनिवार्यरूपमा गर्न–गराउन, विश्वका कैयन् देशले लकडाउन घोषित गरेका छन् भने केही देशले त निषेधाज्ञा लागू पनि गरेका छन्। जसले गर्दा समाजमा व्यक्तिहरूको आवतजावत, भेटघाट कम गर्न सकियोस्। यसको कारण के छ भने कोही व्यक्ति जसमा कुनै प्रकारको सुरुवाती लक्षण छैन। यस अवस्थामा त्यो संक्रमित भयो भने त्यसको सम्पर्कमा आउने अन्य व्यक्ति जसको इम्युनिटी पावर कम छ। उनीहरूलाई संक्रमित गर्दै जान्छ र यस प्रकार संक्रंमितको संख्यामा गुणात्मक वृद्धि हुन सक्छ। यही अवस्था मनुष्यताका लागि सबैभन्दा ठूलो संकट र चिन्ताको विषय हो। यसका लागि पहिलो तरिका हो।

- फिजिकल डिस्टेन्सिङ : यसले भीडभाड भएको ठाउँमा मानिसको ठूलो समूहमा व्यक्तिगत सम्पर्कलाई कम गर्न सकियोस्। यसका लागि अभिवादन – नेपाली संस्कृतिअनुरूप हात जोडेर नमस्ते गर्नुपर्छ। हात मिलाउने, अंकमाल गर्ने, किस गर्ने या अन्य शारीरिक सम्पर्क गर्ने बानी त्याग्नुपर्छ। तर पारस्परिक सहयोगको भावना बढाउँदै आफ्नो सामाजिक बन्धन बलियो बनाउनुपर्छ। यसका लागि आफन्तसँग बेलाबखत फेसबुकको मेसेन्जर, ह्वाटसएप्प, भाइबर, मोबाइल, फोनद्वारा (भलाकुसारी) कुराकानी गरिरहनुपर्छ।

- मास्क लगाउनु : मास्कको प्रयोगले (विषाणु–भाइरस) लाई शरीरमा प्रवेश गर्न रोकिदिन्छ। यसो त भन्न सकिँदैन। तर मास्क प्रयोगले कोरोना भाइरसबाट प्रभावित व्यक्तिले खोक्दा या हाछ्युँ गर्दा उछिटिने पानीका थोपा (ड्रोपलेट) द्वारा हुने संक्रमण नियन्त्रित भने अवश्य गर्न सकिन्छ।

- हातको स्वच्छता : बराबर साबुनपानीले हात धुने या ७० प्रतिशत अल्कोहल आधारित सेनेटाइजरको प्रयोग गर्ने।

खोक्दा या हाछ्युँ गरेपछि खाना खानुअगाडि, सार्वजनिक ठाउँमा, ढोकाको हेन्डल, कौलबेल (घन्टी), लिफ्टको स्विच या आफ्नो अनुहार हातले छुनुअगाडि हातलाई राम्रोसँग मिचीमिची धुनुपर्छ। खोक्दा या हाछ्युँ गर्दा हातको कुहिनो प्रयोग गर्ने या टिस्युपेपर प्रयोग गर्ने। प्रयोगमा ल्याइएका टिस्यु पेपरलाई ढकन भएको डस्टबिनमा हाल्दिनुपर्छ।

- अनुहारलाई दूषित हातले छुनबाट बचौं : दूषित हातले अनुहार, आँखा, नाक र मुख छुनबाट बच्नु भनेको एक आत्मसुरक्षा उपाय हो। किनभने दूषित हात म्युकस (तरल पदार्थ) सतहसँगको सम्पर्क गर्न सक्छ र संक्रमणको कारण बन्न सक्छ।

- आइसोलेसन (आत्मअलगाव) : समाजमा संक्रमण फैलिनुबाट रोक्न तपाईं स्वयं आफैंले गरिने श्रेष्ठ योगदान हो। तपाईंमा कोरोना भाइरस (कोभिड– १९) को उपरोक्त लक्षण देखिएमा स्वयंले आफैंलाई सार्वजनिक स्थलमा जाने, भेटघाट गर्ने कार्य बन्द गरिदिनुपर्छ र आवश्यकताअनुसार चिकित्सकको सल्लाह लिनुपर्छ।

सार्वजनिक स्थलमा नथुकौं। यसका साथै आफ्नो घर एवं घरका भित्ता, ढोकाको हेन्डल आदिलाई पनि समयसमयमा सेनेटाइज गर्दै गर्नुपर्छ। आफ्नो वरिपरिको वातावरण स्वच्छ र सफा राखौं।

- आफ्नो इम्युनिटी पावरलाई कसरी बढाउने : शरीरमा भिटामिन ‘सी’ को उपयुक्त मात्रा तपाईंको इम्युनिटी बढाउनका लागि आवश्यक छ। सिजनअनुसारका ताजा फलफूल कागती, मौसमी, सुन्तला किबी, अम्बा, काँक्रो, अमला, गोलभेडा आदिमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ। मिनरल साल्टले भरपूर नरिवल पानीको सेवनले पनि रोगप्रतिरोधक क्षमता बढाउनमा मद्दत गर्छ। तनाव नलिने, सकारात्मक सोच राख्ने, प्रशस्त पानी पिउने, पर्याप्त निद्रा अर्थात् कम्तीमा सात घन्टा सुत्ने। बिहान कलिलो घाममा ३० मिनटजति बस्ने। योगाभ्यास एवं ध्यान गर्ने, फ्रिजमा राखेको खानेकुरा नखाने, गरम पानी पिउने, सुत्ने बेला दूधमा बेसार हालेर पिउने, बेलाबेलामा बाफ लिने। दूध चियाको सट्टा, हर्बल टी पिउने। यसरी हामीले आफ्नो शरीरको इम्युनिटी पावर बढाएर कोराना भाइरस परास्त गर्न सक्छौं।
(मिश्र होमियोप्याथिक चिकित्सक हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.