जोखिममा काभ्रेका अस्पताल

जोखिममा काभ्रेका अस्पताल

काभ्रे : काभ्रेका विभिन्न अस्पतालका कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। धुलिखेल अस्पताल, शिर मेमोरियल र स्पाइनल इन्जुरी अस्पतालका कर्मचारीमा संक्रमण पुष्टि भएको हो।सबैभन्दा धेरै संक्रमित बनेपा नगरपालिका–१३ भैंसेपाटीस्थित स्पाइनल इन्जुरी अस्पतालमा देखिएको छ।

सो अस्पतालका कर्मचारी, बिरामी, बिरामी कुरुवासहित १ सय ४ जनामा संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पतालमा पनि संक्रमितको संख्या दिनदिनै बढिरहेको छ। डाक्टर, नर्स, कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ। अहिले अस्पतालका ५० जनाभन्दा धेरै स्टाफलाई आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

धुलिखेल अस्पतालमा डाक्टर, नर्स, सुरक्षा गार्ड, क्यान्टिनका कर्मचारीमा समेत संक्रमण देखिएको छ। उच्च सतर्कता अपनाए पनि शिर मेमोरियल अस्पतालका कर्मचारी र बिरामीमा कोरोना देखिन थालेको छ। शनिबार सो अस्पतालका १७ जनामा संक्रमण देखिएको थियो। शिर मेमोरियलका कर्मचारी र बिरामीलाई आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। सो अस्पतालमा यसअघि पनि ७ जनामा संक्रमण देखिएको थियो। समुदायस्तरमा भन्दा पनि स्वास्थ्य संस्थामा संक्रमण बढेसँगै यी ठूला अस्पतालले सुरक्षा सतर्कता अपनाएको दाबी गरेका छन्।

काभ्रेमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, कानुन व्यवसायी, वैदेशिक रोजगारबाट फर्किएका, अन्य रोगका बिरामी र सर्वसाधारणमा संक्रमण देखिएको छ। सोमबारसम्म काभ्रेमा कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ। संक्रमणकै कारण दुई जनाको मृत्यु भइसकेको छ। धुलिखेल, बनेपा, पाँचखाल, नमोबुद्ध र पनौती नगरपालिकामा संक्रमित फेला परेका छन्। अन्यत्रको तुलनामा बनेपा र धुलिखेल नगरपालिकामा संक्रमित धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। रोशी, तेमाल महाभारत, चौरी, खानीखोला र बेथानचोक गाउँपालिकामा भने अहिलेसम्म कसैलाई संक्रमण नदेखिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.