पक्राउ गर्न गएका प्रहरीमाथि आक्रमण, तीन प्रहरी घाइते

पक्राउ गर्न गएका प्रहरीमाथि आक्रमण, तीन प्रहरी घाइते

बाजुरा : त्रिबेणी नगरपालिका-४ तोलीमा मदिरा सेवन गरेर होहल्ला गरेर सामाजिक खलल गर्नेलाई पक्राउ गर्न गएका प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ। ढुंगामुढा प्रहारबाट मौरे प्रहरी चौकीका असई रघुविर बढु, हल्वदार नारदसिहं बिष्ट र प्रहरी जवान नरेन्द्र बोहोरा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन्।

भदौ २२ गते राति त्रिबेणी नगरपालिका ४ तोली बस्ने नरेन्द्र साउदले स्थानीय बजारमा मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै निवेदन आएपछि आरोपित साउदलाई पक्राउ गरेर मापेस चेक गरि तोली स्वास्थ्य चौकीबाट मौरे प्रहरी चौकी ल्याउने क्रममा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएको प्रहरी निरिक्षक ठगुन्नाले बताए।

पक्राउ पछि भदौ २३ गते थप प्रहरी फोर्स गएर प्रक्राउ पर्नेमा त्रिबेणी नगरपालिका ४ तोली बस्ने २८ वर्षका नरेन्द्र साउद, २५ वर्षका केशव साउद र २९ वर्षका गणेश साउद रहेको जिल्ला प्रहरी कार्यलय बाजुराका निमित्त प्रमुख तथा प्रहरी निरिक्षक लोकेन्द्र सिं ठगुन्नाले बताएका छन्।

पक्राउ परेको तीनै जनालाई ७ दिनको म्याद थप गरेर अभ्रद ब्यवहार कसुर सम्बन्धि जिल्ला प्रशासन कार्यलय बाजुरामा भदौ २४ गते मुद्धा दर्ता गरेको ठगुन्नाले बताए। फरार रहेका सोही ठाउँका दिल साउद, दल साउद, राम साउद र प्रकाश साउदको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

घाइते असइ बढुको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने दुई जनाको भने तोली स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। त्रिवेणी नगरपालिकाले नगरपालिका क्षेत्रलाई मदिरा निषेधित गरेको भएपनि मदिरा बिक्रि भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.