कोरोना संक्रमितलाई उपचारमा वेवास्ता

कोरोना संक्रमितलाई उपचारमा वेवास्ता

जाजरकोट : जाजरकोटको छेडागाडमा कोरोना संक्रमितको उपचारमा वेवास्ता गरिएको पाईएको छ। छेडागाड नगरपालिका-५ थलहबजारमा सुनचाँदी ब्यवसाय गदै आएका एक ब्यवसायीमा कारोना संक्रमण देखिएको भएपनि उपचारमा वेवास्ता गरिएको पाईएको हो।

नेपालगञ्जबाट जाजरकोट आउने क्रममा गत भदौ १५ गते उनको छिन्चु जाजरकोट सडकको बबै चेक प्वाइन्टमा स्वाब संकलन गरेर सुर्खेत पठाइएको थियो। स्वाब संकलन गरेको दुई दिन पछि उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। त्यस अवधीमा उनी परिवार सँगै बसेका थिए। पशुपंक्षी अन्वेषण प्रयोगशाला सुर्खेतबाट तपाईको रिपोर्ट पोजेटिभ आयो आइसोलेशनमा बसेर राम्रो सँग उपचार गराउनु होला भनेर खवर आयो उनले भने ‘त्यसपछि कहाँ जाने अन्यौलमा परे।

नगरपालिकामा खवर गरे केही जवाफ नआएपछि घरमै छुट्टै आइसोलेसनमा बसेको छु। निजी मेडिकलबाट सिटामोल लगायतका औषधी ल्याएर खाईरहेको छु उनले भने अहिले सम्म परिवारका सदस्यको स्वाब संकलन पनि गरिएको छैन। तपाईलाई कस्तो छ भनेर पनि सोधेको छैन। फेरी स्वाव संकलनका लागि पनि कोही आएका छैनन्।’

स्थानिय मेडिकल संचालक अर्जुन अधिकारीले समेत संक्रमितलाई छुटै आईसोलेशनमा राखेर उपचार गर्नु पर्नेमा सम्बन्धित निकायले वेवास्ता गरेको बताए। यस सम्बन्धमा नगरपालिकामा सम्पर्क गर्न खोज्दा सञ्चार सम्पर्क हुन सकेन।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.