संक्रमित शून्य रहेको बैतडीमा फेरि ८ जनामा देखियो कोरोना

संक्रमित शून्य रहेको बैतडीमा फेरि ८ जनामा देखियो कोरोना

बैतडी : सोमबार कोरोनाका सक्रिय संक्रमित शून्य भएको  बैतडीमा मंगलबार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ १९ गतेपछि संक्रमण नदेखिएको बैतडीमा मंगलबार ८ जनामा संक्रमण पुष्टि भएको हो । यसअघि जिल्लाका ३७५ जना कोरोनामुक्त भए घर फर्केका थिए । 

डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा दशरथचन्द नगरपालिका ७ का ६ जना र डिलाशैनी गाउँपालिका ७ का २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए  । 

डिलाशैनी ७ का २ वर्षीया बालिका र २४ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यस्तै दशरथचन्द नगरपालिका ७ का ६ वर्षीय बालक, १० वर्षीया बालिका, १३ वर्षीया बालिका, ३२ वर्षीया महिला र ३४ र ४२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमण पुष्टि भएका सबै भारतबाट फर्किएर होम क्वारेन्टाइनमा बसिरहेका र अब उनीहरुलाई आइसोलेसनमा राखिने सम्बन्धित स्थानीय तहले जनाएका छन् । सोमबार मात्रै संक्रमित शून्य रहेका बैतडीमा मंगलबार थप ८ जनामा संक्रमण देखिएपछि जिल्लामा संक्रमितको संख्या ३८३ जनामा पुगेको छ । 

सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकाका ६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दशरथचन्द नगरपालिकाका ५२, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, दोगडाकेदार गाउँपालिकाका ४५, पाटन नगरपालिकाका ४४ जनामा संक्रमण पुष्टि भईसकेको छ । 

यस्तै मेलौली नगरपालिकाका ३३, सुर्नया गाउँपालिकाका २८, पुर्चौंडी नगरपालिकाका १० र डिलाशैनी गाउँपालिकाका १० जनामा संक्रमण पुष्टी भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.