सप्तरीमा थप ५० जना संक्रमित
राजविराज : सप्तरीमा निषेधाज्ञा हटेकै दिन सबैभन्दा बढी ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये सप्तरी जिल्ला अदालतका स्रेस्तेदारसहित ५ कर्मचारी, सिडिओ कार्यालय सप्तरीका २ कार्यालय सहायक, १ प्रहरी र १ भान्से संक्रमित भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणअनुसार राष्ट्रिय अनुसन्धान कार्यालयका १ कर्मचारी, १ प्रहरी, छिन्नमस्ता अस्पताल राजविराजका २ कर्मचारी तथा राजविराजस्थित अस्पतालमा उपचाररत मृगौला पीडित १ महिला, आकस्मिक सेवामा उपचाररत ३ विरामी तथा आइसोलेसन केन्द्रमा कार्यरत २ सरसफाइ कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए।
अस्पतालको डायलासिस सेवामा उपचारररत मृगौला पीडितमध्ये सोमबार ६ पुरुष र मङ्गलबार १ महिलामा कोरोना संक्रमण देखिए पछि मङ्गलबार डायलासिस सेवा बन्द गरिएको छ। डायलासिस सेवा र औजार तथा मेशिनहरु निसंक्रमित गरेर बुधबारबाट सेवा सुचारु गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजीतकुमार झाले बताए।
संक्रमित थप भएकामा राजविराज नगरपालिका–१ का ६१ र ६७ वर्षीय पुरुष, वडा नम्बर २ का २२, ३४ वर्षीय र उमेर नखुलेका पुरुष तथा २३ र ५५ वर्षीया महिला, वडा नम्बर–४ का १४, ३१, ३६, ७४ वर्षीय पुरुष र ३, २४, ३५, ५५ वर्षीया महिला, वडा नम्बर–३ का ४३ वर्षीय पुरुष, वडा नम्बर–५ का २९, ३५, ६० वर्षीय पुरुष र २१ वर्षीया महिला संक्रमित भएका छन्।
यसैगरी राजविराज ६ का २५, ५९ वर्षीय र उमेर नुखलेका पुरुष, वडा नम्बर–८ का ३, २१, २१, २५, ५५, ५८ वर्षीय पुरुष र १४, २७, ४२ र ४८ वर्षीया महिला संक्रमित छन्।
छिन्नमस्ता गाउँपालिका–५ का ५८ वर्षीया मृगौला पीडित महिला, हनुमाननगर कंकालिनी नगरपालिका–७ का २२, २७ वर्षीय पुरुष, वडा नम्बर–९ का ५५ वर्षीय पुरुष, ३६, ६० वर्षीया र उमेर नखुलेकी महिला, वडा नम्बर–१२ का ३६ वर्षीय पुरुष, शम्भुनाथ नगरपालिका–६ का ११ वर्षीय पुरुष, महादेवा गाउँपालिका–६ का ३१ वर्षीय पुरुष समेत संक्रमित भएका छन्।
यस्तै सप्तरी जिल्ला अदालतका २६, ३०, ४० र ४५ वर्षीय पुरुष, ३७ वर्षीय प्रहरी, छिन्नमस्ता अस्पतालका २१ वर्षीय पुरुष र २३ वर्षीया महिला संक्रमित भएका छन्।
कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले सोमबार मध्यरातिदेखि सप्तरीमा निषेधाज्ञा हटाएको छ। राजविराजका ४४ सहित ५० जना संक्रमित थप हुँदा सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ हजार ९० पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। संक्रमितमध्ये ७३६ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए। जसमा १०५ जना महिला छन्। सप्तरीमा बुधबार १ पुरुषको मृत्यु भएपछि सप्तरीमा मृत्यु हुनेको संख्या ९ पुगेको छ। जसमा १ जना महिला छन्।