खोलाले बगाउँदा वृद्धको मृत्यु
उदयपुर : उदयपुरको माटेखारी खोलाले बगाएर वेपत्ता भएका एक वृद्धको शव बिहीबार फेला परेको छ । बुधबार बेलुका आएको बाढीले बगाएर वेपत्ता भएका बेलका नगरपालिका ५ मैनीका ५७ वर्षीय पदम मगरको शव बिहीबार फेला परेको हो ।
चौदण्डीगढी नगरपालिका ८ स्थित वाईतुङमा रहेका आफन्तहरुलाई भेट्न दाजुसँग जाने क्रममा वडा नम्बर ७ ढप्परबाट खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालले बताए ।
बुधबार राती १२ बजेसम्म खोजतलास गर्दा फेला नपरेका मगरको शव तीन किलोमिटर तल भुल्केखोला किनारामा फेला परेका उनले बताए ।