स्याङ्जा कारागारका ५ कैदीबन्दीको कैद मिनाह
स्याङजा : संविधान दिवसको अवसरमा स्याङ्जा कारागारका ५ जना कैदीबन्दीले शनिवारदेखि कैद मिनाह पाएका छन्। चोरी र गौबधको अभियोगमा ५० प्रतिशत कैद समय भुक्तान गरेका उनीहरुको ५० प्रतिशत कैद सजाए मिनाह भएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए।
माफिमिनाह पाउनेमा अर्जुनचौपारी गाउँपालिकाका शंकर खत्री र पितम केसी खत्री, पुतलीबजार नगरगालिका डमबहादुर गुरुङ र फत्तबहादुर भुजेल र चापाकोट नगरपालिकाका लाबबहादुर सार्की रहेका छन्। लालबहादुर सार्की गौबध र अन्यको भने चोरी अभियोग भएको कारागार प्रमुख चुडामणी भण्डारीले बताए।
नेपालको संविधान बमोजिम मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी दिइएको हो। उनीहरुको कैद मिनाह भएसँगै जिल्ला कारागारमा अव १ सय ४३ पुरुषसहित १४ जना महिला गरी १ सय ५७ कैदीबन्दी रहनेछन्।