नगर प्रमुख र चालक कोरोना संक्रमित

नगर प्रमुख र चालक कोरोना संक्रमित

राजविराज : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख शैलेशकुमार साह र उनका चालक मङ्गलबार संक्रमित भएका छन्। जनकपुरस्थित प्रादेशिक अस्पतालको प्रयोगशालामा हनुमाननगर कंकालिनी नगरपालिका–९ का ४२ वर्षीय नगरप्रमुखसहित परिवारका ७ जनाको स्वाब परीक्षण गरिएकोमा नगर प्रमुख साह र राजविराज निवासी ३२ वर्षीय चालकमा कोरोना पोजिटिभ देखिएको स्वयम् साहले जानकारी दिएका छन्।

नगर प्रमुख साहका बुवा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहद्वारा ५ दिन अघि हनुमाननगर कंकालिनी नगरपालिकाको विभिन्न वडामा भएको स्वास्थ्य चौकी, नेपाल भारत प्रवेश द्वार, धर्मशाला, सामुदायिक भवन, गेस्ट हाउस, आयुर्वेद औषधालय केन्द्र, गजेन्द्रनारायण सिंहको शालिक अनावरण कार्यक्रममा नगर प्रमुख साह सहभागी थिए। कार्यक्रममा राष्ट्रिय सभाका सदस्य मृगेन्द्रकुमार सिंह यादव, शेखरप्रसाद सिंह, सप्तरीको विभिन्न नगर प्रमुख र गाउँपालिका अध्यक्षलगायत सयौंको उपस्थिती रहेको थियो।

नगर प्रमुख साह र प्रदेश मन्त्रीसहितको टोलीले दर्जनौ उद्घाटन कार्यक्रमपछि आफ्नै घरमा खाना खाएर गएको बताएकी नगर उपप्रमुख सरीता सिपलिया यादवले नगर प्रमुख साह कार्यक्रमकै अवधिमा विरामी देखिएको बताइन्।

कार्यक्रमहरु सम्पन्न गरी जनकपुर गएका नगर प्रमुख साहसहित परिवारका ७ जनाले भदौ ३ गते पीसीआर परीक्षणका लागि दिएको स्वाबको रिपोर्ट मङ्गलबार पोजिटिभ आएपछि नगर प्रमुख साहले नै सार्वजनिक गरेका छन्।

यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मङ्गलबार छिन्नमस्ता गाउँपालिका–३ की २४ वर्षीया महिलामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए। उनीसहित ४५ जनाको भदौ २ गते लिइएको स्वाबको परीक्षण गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.