कोरोनाबाट सीडिओका भान्सेको मृत्यु

कोरोनाबाट सीडिओका भान्सेको मृत्यु

राजविराज : सीडीओको भान्से समेत रहेका जिल्ला प्रशासन कार्यालय सप्तरीका कार्यालय सहयोगी ६८ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । कोरोनाबाट संक्रमित भइ होम आइसोलेसनमा बसेका उनको बिहीबार मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट ५८ वर्षको उमेरमा अवकाश पाएपछि पनि उनी करारमा प्रमुख जिल्ला अधिकारीको निवासमा निरन्तर भान्से थिए । 

गत भदौ २८ प्रजिअ शंकरहरी आचार्यसहित कार्यालयका कर्मचारीहरुको पीसीआर परीक्षण गरिएकोमा भान्सेसहित जिल्ला प्रशासन कार्यालयका थप दुई कार्यालय सहायक र एक प्रहरीमा संक्रमण देखिएको थियो । 

संक्रमण पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेकाले उनी होम आइसोलेसनमा बसेका थिए । बिहीबार बिहान ६ बजे उठेर चिया पिएका उनले ज्याउलो खाएर सुत्न गएपछि नउठेको उनका परिवारका सदस्यले जानकारी दिएका छन् । 

मृतकको दाहसंस्कार गर्न शवलाई सप्तकोशी नदी लगिएको छ ।योसँगै सप्तरीमा मृत्यु हुने कोरोना संक्रमितको सङ्ख्या १२ जना पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । जसमा २ जना महिला छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.