स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि भारदह अस्पताल बन्द
राजविराज : स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा रहेको भारतह अस्पताल बिहीबारदेखि बन्द भएको छ ।
भारदह अस्पतालका डा. कुन्दन ठाकुरले बिहीबार एक सूचना सार्वजनिक गर्दै अर्को सूचना नभएसम्मका लागि अस्पतालमा उपलब्ध सम्पूर्ण सेवा स्थगित गरिएको जानकारी दिए ।
सूचना बमोजिम अस्पतालमा कार्यरत कर्मचारीमध्ये १ जना कोरोना संक्रमित भएकाले अन्य कर्मचारीमा समेत संक्रमणको जोखिम रहेकोले अस्पताल बन्द गरिएको हो ।
प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणअनुसार भारदह अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।
अस्पतालमा कार्यरत २ चिकित्सकसहित कर्मचारी, स्वास्थ्यकर्मी र औषधि पसलेसमेत ४१ जनाको बिहीबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको स्वास्थ्य संयोजक रामदेव यादवले जानकारी दिए ।
उनीहरुको परीक्षणको रिपोर्ट नआएसम्म सबैलाई घरमै सुरक्षित बस्न भनिएको छ । पीसीआर परीक्षणको रिपोर्ट आएपछि अस्पतालको सेवा सञ्चालन हुने डा. ठाकुरले बताउ ।