कोरोना संक्रमितले जन्माइन् शिशु

कोरोना संक्रमितले जन्माइन् शिशु

पोखरा : कोरोना भाइरस (कोभिड-१९) संक्रमित गर्भवतीले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा शिशु जन्माएकी छन्। उनको अपरेशन गरी बच्चा निकालिएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जनाए। 

भारतको विहार मोतीहारी जिल्ला घर भई पोखरा बस्दै आएकी २४ वर्षीया महिलाको बिहीबार साढे १ बजे अपरेशन गरी बच्चा निकालिएको हो। आमा सकुशल रहेको अस्पतालले जनाएको छ। बच्चालाई एनआइसियुमा राखेर उपचार गरिएको छ। 

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.चुममाया पुन नेतृत्वमा बालरोग विशेषज्ञ डा प्रज्ञा शाक्य, एनेस्थेसिस्ट डा रोहिणी सिग्देलको टिम अप्रेसनमा संलग्न थियो। नर्सिङ कर्मचारी आरती अधिकारी, लक्ष्मी पराजुली, गीता परियार र कार्यालय सहयोगी पवित्रा भण्डारीको समेत शल्यक्रियाका विभिन्न भूमिकामा साथ रहेको गरिएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ। 

महिला असोज ५ गते क्षेत्रीय अस्पताल भर्ना भएकी हुन्। ६ गते उनको स्वाब लिएर पीसीआर परीक्षण गरिएको थियो। त्यसपछि उनको आइसोलेसनमा उपचार हुँदै आएको थियो। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.