कारागारमा कोरोना देखिएपछि उच्च सर्तकता

कारागारमा कोरोना देखिएपछि उच्च सर्तकता

झापा : झापा कारागार भद्रपुरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। शुक्रबार जिल्लामा १४ जना कोरोना संक्रमित थपिएका थिए। जसमध्ये १० जना जिल्ला कारागारका रहेका छन्। 

१० जनामध्ये कारागारका सात कैदी बन्दी, एक भान्से र दुई प्रहरी कर्मचारीसहित १० जना हुन्। कारागारका आइसोलेसनमा बसेका एक कैदी बन्दीमा कोरोना पुष्टि भएसँगै स्वास्थ्यकर्मीको टोलीले असोज ६ गते कारागारका कैदी बन्दी र प्रहरी गरी १७ जनाको स्वाब सङ्कलन गरिएको कारागार प्रमुख राजेन्द्र निरौलाले बताए। 

निरौलाका अनुसार कारागारका आइसोलेसनमा बसेका एक कैदी बन्दीमा कोरोना पुष्टि भएसँगै स्वास्थ्यकर्मीको टोलीले असोज ६ गते कारागारका कैदी बन्दी र प्रहरी गरी १७ जनाको स्वाब सङ्कलन गरिएको थियो। त्यसैको रिर्पोट शुक्रबार आएको हो। कारागारका आइसोलेसनमा बसेका एक कैदी बन्दीमा कोरोना पुष्टि भएसँगै स्वास्थ्यकर्मीको टोलीले असोज ६ गते कारागारका कैदी बन्दी र प्रहरी गरी १७ जनाको स्वाब सङ्कलन गरेको थियो।  

७ जना कैदी बन्दीमा पोजिटिभ देखिएको छ। ६ जना पुरुष १ जना महिला २ जना प्रहरी र १ जना जेलका कर्मचारीमा देखिएको छ। एक जना कैदी बन्दी आइसोलेसनमा बसेपछि कारागारमा भेटघाट बन्द राखिएको कारागार प्रमुख निरौलाले बताए। 

कारागारभित्र कसरी कोरोना फैलियो भन्ने विषयमा हामीले पनि अनुसन्धान गरिरहेको र संक्रमण पुष्टि भएका कैदी बन्दी र प्रहरीलाई मेची अस्पतालको कोभिड अस्पतालमा पठाइ सकिएको जिल्ला प्रहरी प्रमुख कृष्ण कोइरालाले जानकारी दिए। कारगारभित्रकै ७ जनामा संक्रमण देखिएपछि जिल्ला रेडक्रसको सहयोगमा त्रिपाल लगाएर कारागार भित्रै छुट्टै आइसोलेसन सेन्टर पनि निर्माण गरिंदै छ। निर्माण सम्पन्न भएपश्चात उक्त आइसोलेसन सेन्टरमा ज्वोरो, र अन्य कोरोनाको लक्षण देखिएका बिरामीलाई राखिने कारागार प्रमुख निरौलाले अन्नपूर्णसँग भने।

कोरोना देखिएको ५ दिनपछि मात्र कन्ट्याक ट्रेसिङ गर्ने भएकाले अहिले सर्तकता अपनाएरै कैदी बन्दीलाई राखिएको निरौलाले बताए। निरौलाले भने, ‘कारागारको क्षमताभन्दा तेब्बर बढी कैदी छन्। हामीले हाम्रो क्षमताले भ्याएसम्म जोगाउने प्रयास गर्ने हो। कोरोना फैलियो भने कसरी थेग्न सकिन्छ र ? अहिलेसम्म कारागार भित्र कसैलाई पनि लक्षण देखिएको छैन।' 

३ सय ५० जनाको क्षमता रहेको झापा जिल्ला कारागारमा हाल ११ सय ४३ जना कैदी बन्दी रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.