जाजरकोटका चार विद्यालयमा कम्प्युटर ल्याव
जाजरकोट : जाजरकोटका चार वटा माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव स्थापना गरिएको छ। जिल्लाका शिवशंकर मावि जगतिपुर, दिपेन्द्र मावि भुर, भगवति मावि कुदु र शंकरभवन मावि बाहुनथानामा प्रोजेक्टर, प्रिन्टर र कम्प्युटर सहितको ल्याव स्थापना गरिएको हो।
नेकपाका केन्द्रीय सदस्य निरज आचार्यको पहलमा विगत चार वर्षदेखि अमेरिकामा म्याराथुन दौडको आयोजना गरेर सोही माध्यामबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गदै आएका सामाजिक अभियान्ता डा.ओम दाहालको सहयोगमा ति विद्यालयमा कम्प्युटर ल्यावको स्थापना गरिएको हो। प्रत्येक विद्यालयमा एक थान प्रोजेक्टर, एक थान प्रिन्टरसहित बाहुनथानामा १५ तथा जगतिपुर, भुर र कुदुमा २० ओटाका दरले कम्प्युटर हस्तान्तरण गरिएको छ। विद्यार्थीलाई कम्प्युटर सम्बन्धी प्रयोगात्मक अभ्यास गराउन, विद्यालयका नियमित कामकाज गर्न, प्रोजेक्टरबाट पठनपाठन गर्न कम्प्युटर ल्यावले सहयोग पुरयाउने नेता आचार्यको भनाई छ।
कम्प्युटर ल्याव स्थापनामा पहल गर्ने नेता आचार्य र सहयोग कर्ता डा.दाहाललाई विद्यालयले धन्यवाद दिएका छन्। कम्प्युटर ल्याव स्थापना पछि विद्यालयमा इन्टरनेट सेवा संचालनमा ल्याउन शैक्षिक गतिविधिलाई सुचनाप्रविधिमा जोड्न मद्दत पुग्ने शिवशंकर मावि जगतिपुरका अध्यक्ष कालु हमालले बताए।