सप्तरीमा कोरोनाबाट थप एकको मृत्यु

सप्तरीमा कोरोनाबाट थप एकको मृत्यु

राजविराज : कोरोनाबाट संक्रमित सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवका अनुसार उपचारका क्रममा उनको न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । निमोनियाबाट ग्रसित भएपछि ६ दिनअघि न्युरो अस्पताल भर्ना भएका पुरुषको मृत्यु भएपछि शव ल्याउने तयारी भइरहेको गाउँपालिका अध्यक्ष सतिश सिंहले बताए । सिंहले कोशी नदीमा शवको अन्त्यष्टि गर्ने तयारी भइरहेको जानकारी दिए ।

सप्तरीमा तीन दिनको अवधिमा चार जनाको मृत्यु हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । जसमा २ जना महिला छन् । यसअघि विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचारार्थ कोभिड १९ संक्रमित विष्णुपुर गाउँपालिका–५ का ६७ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको थियो ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि नोबेलको आकस्मिक कक्षको आइसीयूमा उपचार थालिएको उनमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या रहेको अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए ।

भक्तपुर अस्पतालमा उपचाररत सप्तरीका ४८ वर्षीय पुरुषको बिहीबार नै कोरोना संक्रमणबाट मृत्यु भयो । खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि असोज १२ गते अस्पताल भर्ना भएका पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको अस्पतालका सूचना अधिकारी डा. सुनिल ढुंगेलले जानकारी दिए ।

कोरोनाबाट संक्रमित अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ बनौलीका ३५ वर्षीय पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार मृत्यु भयो । बाल्यकालदेखि नै सुगरबाट पीडित उनको दुवै मिर्गौलाले काम गर्न छाडेको परिवारका सदस्यले जानकारी दिए । धरानस्थित प्रयोगशालामा गरिएको परीक्षणमा असोज ८ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.