डा. केसीको समर्थनमा डोल्पाका चिकित्सक आन्दोलित

डा. केसीको समर्थनमा डोल्पाका चिकित्सक आन्दोलित

डोल्पा : २३ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको सर्मथनमा डोल्पाका चिकित्सक आन्दोलित भएका छन्।  १९ औँ पटक सत्याग्रहमा रहेका डाक्टर केसीको सर्मथनमा जिल्ला अस्पताल डोल्पाका सम्पूर्ण स्वास्थ्यकर्मी आन्दोलित भएका हुन्। 

जुम्लाबाट १९ औँ सत्याग्रह सुरु गरेका केसीका मागको सुनुवाइ हुनुपर्ने उनीहरुको भनाइ छ। चिकित्सक र स्वास्थ्यकर्मीले डा. केसीको जीवन रक्षाकोसमेत माग गरेका छन्।  मेडिकल माफिया र राजनीतिक हस्तक्षेपका कारण डा. केसीका जीवन नै खतरामा रहेकाले जीवनरक्षा पहिलो शर्त भएको उनीहरुको भनाइ छ।

डा. केसीको जीवनरक्षाका लागि आन्दोलिन हुनु परेको जिल्ला स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले बताए। डा. केसीका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाइ छ। 

आधा दर्जन भन्दा धेरै पटक डा. केसीले डोल्पामा आएर निःशुल्क उपचार गरिसकेका छन्। यसपटक अनशन बस्नुअघि समेत डा. केसी डोल्पाको जगदुल्ला गाउँपालिकामा उपचार गरेर फर्किएका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.