सप्तरीमा कोरोना संक्रमितको मृत्यु

सप्तरीमा कोरोना संक्रमितको मृत्यु

राजविराज : सप्तरीमा कोरोना संक्रमित एक व्यापारीको बिहीबार मृत्यु भएको छ। राजगढ गाउँपालिका–४ छातापुर पुर्ख्यौली घर भई तीन दशकदेखि राजविराज नगरपालिका–६ सिरहा रोडमा किराना व्यापार गरी बसेका ६७ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय ओमप्रकाश मण्डलले बताए।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार पछि डिस्चार्ज भई घर गएका उनको परीक्षणमा मङ्गलबार कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. रणजितकुमार झाले अस्पतालको प्रिआइसोलेशन वार्डबाट परिवारका सदस्यहरुले घरमै आइसोलेसन गरी राख्ने भनी लगेकोमा अचानक मृत्यु भएको खबर आएको बताए। स्वास्थ्य अवस्थामा समस्या देखिए पछि उनलाई पुनः अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको परिवारका सदस्यले बताए।

राजगढ गाउँपालिकास्थित मुतनी नदीको किनारमा नेपाली सेना, प्रहरीको उपस्थितीमा मृतकका छोराले बिहीबार साँझ शवमा दागबत्ती दिएको राजगढ गाउँपालिका–४ का वडा अध्यक्ष हेमनारायण साहले जानकारी दिए।

यो समेत सप्तरीमा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ। सप्तरीमा संक्रमितको सङ्ख्या १ हजार ३५७ पुगेको छ। जसमा १ हजार ९५ जना निको भएको र सक्रिय संक्रमित २ सय ४३ जना आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.