आफन्तले बुझेनन् शव

आफन्तले बुझेनन् शव

जाजरकोट  : जुनीचाँदेमा जिप दुर्घटनामा मृत्यु भएका वडाध्यक्षसहित सात जनाको शव आफन्तले बुझ्न मानेका छैनन् । चालकको लापरबाही र मापदण्डविपरीतको सडकमा दुर्घटना भएको भन्दै आफन्त र स्थानीय आन्दोलनमा उत्रिएका छन् ।  

आक्रोशित स्थानीयले बिहीबार जिप चालक गोरख बस्नेतको जुनीचाँदे–५ मटेलास्थित घर र छेडागाड–६ सुवानाउलीस्थित पसलमा आगजनी गरेका छन् । प्रहरीले पीडित पक्षसँग शव बुझ्न गरेको आग्रह र वार्ता असफल भएको छ । मृतकका आफन्तले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र जनप्रतिनिधिको रोहबरमा मात्र वार्तामा बस्ने अडान लिएका छन् । 

जाजरकोट सदरमुकाम खलंगाबाट जुनीचाँदेतर्फ गइरहेको भे. १ ज ९३५ नम्बरको जिप बुधबार दिउँसो जुनीचाँदे गाउँपालिका–१ स्थित औलभीरमा दुर्घटना भएको थियो । दुर्घटनामा जुनीचाँदे–११ का वडाध्यक्ष अमरबहादुर शाहीसहित सात जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका नरबहादुर बुढाको सुर्खेतमा उपचार भइरहेको छ । 

औलभीरबाट खसेको जिप सडकबाट करिब दुई सय मिटर तल मजकोट खोलामा परेको थियो । घटनालगत्तै गाडी चालक गोरख बस्नेत फरार छन् । उनको मोबाइल भने गाडीमै फेला परेको छ । घटनास्थल सदरमुकाम खलंगादेखि २० कोस पश्चिममा पर्छ । घटनालगत्तै आक्रोशित स्थानीयले प्रहरी र जनप्रतिनिधि लक्षित ढुंगामुढा र नाराबाजी गरेका छन् । 

 बडाबन र पञ्चाला इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले स्थानीयलाई नियन्त्रण गर्न नसकेपछि सदरमुकाम खलंगाबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको थप फोर्स पठाइएको थियो । सडकको ग्रेड नमिलेको, थोत्रा गाडी सञ्चालन गर्न दिइएको र चालकको लापरवाहीले दुर्घटना भएको स्थानीयको आरोप छ । 

आक्रोशित स्थानीयले जुनीचाँदे गाउँपालिकाकी कार्यवाहक अध्यक्ष शिवा आचार्यलगायतका जनप्रतिनिधिलाई ढुंगामुढा गरेपछि सशस्त्र र नेपाल प्रहरी घटनास्थलमा खटिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.