बालिका बलात्कार गर्नेलाई ११ वर्ष कैद

बालिका बलात्कार गर्नेलाई ११ वर्ष कैद

उदयपुर : १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उदयपुरको रौतामाई गाउँपालिका ८ का २४ वर्षीय भरत रानामगरलाई जिल्ला अदालतले ११ वर्ष ६ महिना कैद फैसला सुनाएको छ ।

जिल्ला न्यायाधिश दिपक खनालको एकल इजालसले बिहीबार कसुर ठहर गर्दै कैदसँगै पीडितलाई शारीरिक र मानसिक क्षतिपूर्ति वापत ५० हजार उपलब्ध गराउन आदेश दिएको हो । 

अदालतको आदेशसँगै रानालाई बिहीबार जिल्ला कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी राजकुमार आचार्यले जानकारी दिए । २०७६ मंसिर १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कसुरदारविरुद्ध मंसिर ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । 

लगत्तै उनी पक्राउ परेका थिए । पीडितको निवेदन, प्रहरीको घटना मुचुल्का, प्रमाण र वयानका आधारमा सरकारी वकिल कार्यालयले कसुरदार विरुद्ध कैद सजाय र क्षतिपूर्तिको दावी गर्दै मंसिर २९ गते अदालतमा मुद्दा दाएर गरेको थियो । 

सकारी वकिलको माग दावीअनुसार अदालतले थप प्रमाण बुझ्दै जाँदा ठहर हुने गरी कारवाही प्रक्रिया अघि बढाउने भन्दै मंसिर ३० गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

                                                
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.