जाजरकोटमा चोरीका घटना बढे

जाजरकोटमा चोरीका घटना बढे

जाजरकोट : भेरी नगरपालिका २ दारनेटाका भीबहादुर खड्काको खसी सोमबार राती चोरी भयो । त्यस्तै सोही ठाँउका प्रेमबहादुर वलीको खसी पनि घरबाटै चोरी भयो । उनीहरुले चालै पाएनन् । उनीहरुको मात्र होइन सोही रात दारनेटा र रिसाङ्ग गाँउबाट १३ वटा खसी चोरी भए । 

खसी चोरी भएको भोलिपल्ट भेरी नगरपालिका–२ बाहुनथानाका गणेशबहादुर खड्काको घरबाट ५५ हजार र २ तोला सुन चोरी भयो । सोही ठाउँका मिलन खड्का र हर्कबहादुर ताउलेको घरबाट पनि ३५/३५ हजार चोरी भयो । सोही दिन रिसाङकी प्रेमकला शर्माको घरबाट आधा तोला सुन र ४ हजार चोरी भएको प्रहरीले जनाएको छ । तर हालसम्म चोर पत्ता लाग्न सकेका छैनन् ।

चाडपर्व नजिकिएसँगै सदरमुकाम खलंगा नजिकैका गाउँमा चोरीका घटना बढेका छन् । भेरी नगरपालिका–२ बाहुनथानामा एकै रातमा झण्डै एक दर्जन चोरीका घटना भएका छन् । स्थानीयले तत्काल प्रहरीलाई खबर गरेपनि प्रहरीको अनुसन्धान प्रभावकारी हुन सकेको छैनन । जसका कारण प्रहरीले अहिलेसम्म चोरीमा संलग्नको पहिचान गर्न सकेको छैन ।

गएका एक सातामा भेरी नगरपालिका–२ का १६ बढी घरबाट ३ लाख नगद, ३ तोला सुन र १३ वटा खसी चोरी भएको जिल्ला प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए । चोरी बढ्दै गएपछि गाउँगाउँमा त्रास छाएको छ । चोरले खसी, सुन, नगद रुपैयाँका साथै खुद्रा पसलमा रहेका चाउचाउ, साबुन, चिनी, तेल तथा मेडिकलको औषधिसमेत चोरी गरेका छन् । एकपछि अर्को चोरीका घटना हुन थालेपछि कसरी जिउधन जोगाउने भन्ने चिन्ता छाएको स्थानीय टीकाराम खड्काले बताए । उनले भने, 'चोरलाई समात्न गाउँलेहरु आफै रातभर जाग्राम बसे पनि प्रयास सफल भएन ।'

सदरमुकाम खलंगा नजिकैका रिसाङ, दारनेटा, बाहुनथाना, पोखरालगायत गाउँमा चोरी बढिरहेको स्थानीयको भनाइ छ । चोरीका घटना दिनप्रतिदिन बढ्दै गएपछि भरपर्दो सुरक्षा व्यवस्था हुन नसकेको स्थानीय विर्खबहादुर कार्कीले बताए ।

चोरीका घटना बढेपछि गाउँगाउँमा २४ सै घण्टा प्रहरी टोली परिचालन गरिएको डीएसपी श्रेष्ठले बताए । चोरी गर्नेहरुको खोजी भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.