कोरोना संक्रमित जनप्रतिनिधिको मृत्यु
राजविराज : सप्तरीमा कोरोना संक्रमित एक जनप्रतिनिधिको मृत्यु भएको छ ।
तिरहुत गाउँपालिका–३ का वडा सदस्य ४६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको हो । क्यान्सरले ग्रसित वडा सदस्यको चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र कोशी नदी किनारमा मंगलबार दाहसंस्कार गरिएको तिरहुत गाउँपालिका अध्यक्ष हेमन्त बहडखेरले जानकारी दिए ।
राजविराज–१ का ३० वर्षीय पुरुष, वडा नम्बर– २ का ४०, ५४ र उमेर नखुलेको पुरुष, डाक्नेश्वरी नगरपालिका– ९ का २७ वर्षीय पुरुष, उमेर नलेखि सप्तरी मात्र लेखिएका १ पुरुष र सिरहाको सितापुरका १२ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
यो सँगै सप्तरीमा कोरोना संक्रमित हुनेको सङ्ख्या १ हजार ४ सय ५५ पुगेको छ । जसमा १ हजार १२९ जना निको भएका छन् । सप्तरीमा मृत्यु हुने २१ जना पुगेका छन् ।