निर्देशक श्रेष्ठ बेलायतमा सम्मानित
काठमाडौं : डेढ दशक लामो समयदेखि चलचित्र, म्यूजिक भिडियो र कलाकारितामा सक्रिय निर्देशक कुशल श्रेष्ठ बेलायतस्थित नेपाली दूतावासमा सम्मानित भएका छन्।
निर्देशक श्रेष्ठलाई बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु) ले नेपाली खुकुरी, पुष्पगुच्छासहित सम्मान गरेका हुन्। ‘नेपाली चलचित्र महोत्सव’ को अवसरमा दूतावासले आयोजना गरेको सम्मान कार्यक्रममा निर्देशक श्रेष्ठ सम्मानित भएका हुन्।
श्रेष्ठ लामो समयदेखि प्रवासमा रहेर चलचित्र र नेपाली गीत संगीतसँगै पत्रकारितामा सक्रिय छन्। हाल उनी एपीवान टेलिभिजनसँग आवद्ध छन्। पत्रकार महासंंघ बेलायत शाखाका सल्लाहकारसमेत रहेका श्रेष्ठ नेपाली दूतावासबाट उच्च सम्मान पाउँदा आफू उत्साहित भएको बताउँछन्।
निर्देशक श्रेष्ठलाई प्रदान गरिएको सोही प्रकारको नेपाली खुकुरी बेलायतका राजकुमार प्रिन्स ह्यारीलाई समेत राजदूत दुबसुले प्रदान गरेका थिए।
नेपाल र बेलायतबीच सम्बन्ध स्थापना भएको दुई सय वर्षगाँठको अवसरमा दूतावासमा आयोजित कार्यक्रममा प्रिन्स ह्यारीलाई खुकुरी प्रदान प्रदान गरिएको थियो।