१२ वर्षे बालकले करोडौँ वर्ष पुरानो डाइनोसरको दुर्लभ अस्थिपञ्जर फेला पारे

१२ वर्षे बालकले करोडौँ वर्ष पुरानो डाइनोसरको दुर्लभ अस्थिपञ्जर फेला पारे

क्यानडा : नाथान रुस्किन सम्झनसक्ने भएदेखि नै एक वैज्ञानिक बन्न चाहन्थे । र संयोगवश १२ वर्षीय यी बालकले महत्वपूर्ण अन्वेषण गरिसकेका छन् ।

उनले हालै क्यानडाको अल्बेर्टास्थित एक संरक्षित क्षेत्रतिर आफ्ना बाबुसँग हिँड्ने क्रममा एउटा दुर्लभ र निकै पुरानो डाइनोसरको अस्थिपञ्जर भेट्टाए । ‘यसरी वास्तविक चिज नै भेट्न सक्नु एकदमै अचम्मको हो, यो एक किसिमले मेरो सपना जस्तै कुरा थियो,’ रुस्किनले भने ।

रुस्किन ७ कक्षामा पढ्ने विद्यार्थी पनि हुन् । क्यानेडियन स्थानीय मिडियामा जनाइए अनुसार उनले पत्ता लगाएको डाइनोसरको अस्थिपञ्जर ६ करोड ९० लाख वर्ष पुरानो थियो । नथान र उनका बाबु डियोनले यसअघि यही क्षेत्रमा यसै गरी हिँड्ने क्रममा एउटा हड्डीको टुक्रा फेला पारेका थिए । तर उनीहरुले त्यस हड्डीलाई पहाडमाथिबाट बगेर आएको हुनसक्ने सोचे ।

नाथानले पछि पहाडको टुप्पोतिर पुगेरै यसलाई खोज्न थाले । नाथानले धेरै मेहनत गरी यस क्षेत्रमा केही भेटिनसक्ने भन्दै खोज्न थाले । र यस काममा बाबु डियोनको पनि सहयोग लिए । नाथानका बाबु भन्छन् कि, छोराले त्यहाँ अस्थिपञ्जर पक्कै पनि भेटिनसक्छ । जस्तै कि टिभी शो वा कार्टुन वा केहीमा देखिए झैँ त्यहाँ जीवाशेष हुनसक्ने आंकलन गरे ।

यसैले बाबु छोराले उक्त हड्डीको तस्बिर ‘रोयल ट्यारेल म्युजियम अफ पाल्योन्टोलोजी’ मा पठाइदिए । जुन चाहिँ जीवाशेष भएको पहिचान भयो र उक्त संग्रहालयबाट विज्ञहरुको एक टोली उक्त ठाउँमा पुग्यो ।

अल्बर्टा क्षेत्रमा यस्ता जीवाश्महरु कानुनमार्फत संरक्षण गरिन्छ । उक्त टोलीले यस क्षेत्रमा दुई महिनादेखि काम गरिरहेको छ । जहाँ ३० देखि ५० वटा हड्डी भेटिसकेका पनि छन् । संग्रहालयका क्युरेटर फ्रान्कोइस थेरियनले भनेका छन्, ‘नाथान र डियोनको खोजले डाइनोसर विकासको हाम्रो ज्ञानमा भएको अभावलाई पूर्णता दिने काम गर्छ ।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.