हात्ती गाउँ पसेपछि रातभर जाग्राम

हात्ती गाउँ पसेपछि रातभर जाग्राम

उदयपुर : उदयपुरको सदरमुकाम नजिकको बस्तीमा आइबार राती हात्तीको समूहले स्थानीयको घरमा क्षति पुर्‍याएपछि रातभर जाग्राम बसेका छन् । सदरमुकाम गाईघाटबाट ६ किलोमिटर पश्चिम त्रियुगा नगरपालिका ५ पिपलचौरमा पाँचवटा जंगली हात्तीले चार घरमा क्षति पुर्‍याएपछि स्थानीय रातभर जाग्राम बसेका हुन् । 

राती १० बजेतिर दक्षिणी भेगबाट आएका हात्तीको समूहले स्थानीय सिताराम भुजेल, गौरीशंकर भुजेल, कविर थापामगर र हिरालाल मगरको घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । 

परिवारका सबै सदस्य सुतिसकेको अवस्थामा जंगलबाट निस्किएका हात्तीले उनीहरुको घरको गाह्रो, वरण्डा, वारवेरा भत्काइ दिएको उनले बताए । डिएसपी थापाका अनुसार हात्तीले स्थानीयको दुई लाख बढीको क्षति पुर्‍याएको छ।

राती गाउँ पसेपछि स्थानीयले रातभर आगो बालेर हात्ती लखेटेका थिए । हात्ती गाउँ छोडेर गएपनि फर्केर थप क्षति पुर्‍याउने डरले रातभर जाग्राम बस्नु परेको स्थानीय युवराज कार्कीले बताए । 

धान पाक्ने सिजनमा जंगली हात्ती बर्षेनि निस्कने गरेका छन् । समूहगत रुपमा गाउँ प्रवेश गर्ने हात्तीले बर्षेनि सर्वसाधरणको ज्यान लिने, अन्नवाली र घरमा क्षति पुर्‍याउने गरेको उनले बताए ।त्यस्तै बेलका नगरपालिका क्षेत्रभित्र कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रबाट निस्कने हात्तीले बर्षेनि क्षति पुर्‍याउँदै आएको छ । हात्ती नियन्त्रणका लागि नगरपालिकाले तारघेरा गरेपनि रोक्न नसकेपछि स्थानीयले नियन्त्रणका लागि नगरपालिका, स्थानीय प्रशासन, डिभिजन वन कार्यालय कोषिटप्पु वन्यजन्तु आरक्षण क्षेत्र र सुरक्षार्थ खटिएका नेपाली सेनासँग आग्रह गरेका छन् ।

स्थानी विचारी साकीले भने, 'दिनभर आउँदैनन्, जब राती हुन्छ, हुल बाँधेर धानवालीमा प्रवेश गर्छन्, 'राती हात्ती आउने भएपछि मानवीय, भौतिक र अन्नवालीमा क्षति हुन नदिन स्थानीय रातभर जाग्राम बस्दै आएका छन्,' उनले भने, 'घरबाट त जसोतसो लखेटछौं, धानवालीमा सकिन्न।'

तर्साउनका लागि आगोको राको, घण्टीको प्रयोग गरेपनि अटेर गर्ने गरेको उनले बताए । बेलका नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले वन्यजन्तु प्रवेश गर्ने मार्गमा विद्युतीय घेरावेरा गरेपनि फरक बाटोबाट आउने गरेका कारण नियन्त्रणमा कठिनाइ भएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.