कोरोनासँग खेलबाड नगरौं

कोरोनासँग खेलबाड नगरौं

हिजोसम्म विश्व जगत्लाई एक दिन पनि रोक्न सकिन्न होला जस्तो लागिरहेका बेला कोभिड– १९ का अगाडि विश्व समुदाय निरीह छ। सामाजिक, सांस्कृतिकलगायत सबै गतिविधिमा प्रतिबन्ध लाग्यो। हवाई तथा सडक यातायात रोकिए। सरकारका काम कोरोना नियन्त्रणमा सीमित रहे। न्याय, प्रशासन, संसद् अवरुद्ध भए। सानातिना र सामान्य बिरामी अस्पताल नआउन र फोनबाटै सल्लाह लिन भनियो। आस्थाका धरोहर मन्दिरका ढोका थुनिए, स्कुल–कलेज बन्द भए, व्यापार, व्यवसाय ठप्प भए। मृतकको सद्गद परम्परागतअनुसार हुन पाएका छैनन।

भेन्टिलेटरमा गइसकेपछि फर्काउन गाह्रो हुने भएकाले सबैभन्दा धेरै चाहिने अक्सिजन हो।

कोरोना खेलबाड थिएन र होइन पनि
तनहुँ भिमाद– ६ का एकै परिवारका ३ को मृत्यृ, ३ आईसीयूमा र ४ आईसोलेसनमा भन्दै एक राष्ट्रिय पत्रिकाले प्रमुख समाचार लेख्दै कोरोना केही होइन, रुघाखोकीजस्तै हो, बेसारपानी खाएर घर बसे हुन्छ, अस्पताल आउनपर्दैन भनेको सुन्दै, मान्दै र बस्दै गर्दा अन्तिममा अस्पताल जा“दा धन र ज्यान दुवै गयो भन्दै छन्। सरकारी तथा तथाकथित जनस्वास्थ्यविज्ञको गैरजिम्मेवारका कारण आफ्ना परिवार गुमाएकाहरू हजारौं घटना सञ्चारमाध्यममा आउन थालेका छन्। बाँकीका कुरा सुन्दा सामान्यजस्तै लागे पनि आफैंलाई पर्दा र आफ्ना गुमाउँदा कति भयानक र खतरनाक रहेछ भन्ने सम्बन्धितलाई नै अनुभूति हुन्छ।

गम्भीर बिरामी बढ्दै औषधि अभाव
कोभिड– १९ का बिरामीलाई दिइने रेम्डेसिभिर औषधिको चरम अभाव भएपछि सरकारले आयात अनुमति दिएको छ। औषधि व्यवस्था विभागले यति, सिनर्जी र हटेरो तीनवटा फर्मलाई दुई हजारका दरले औषधि आयात तथा बिक्री गर्न अनुमति दिए पनि उनीहरूसँग रेम्डेसिभिर जगेडा वा स्टकमा छैन। पहिलोपटक ल्याएको नसकिँदै माग गर्दा नदिएपछि नयाँ ल्याउन कम्तीमा तीन साता लाग्ने उनीहरूको भनाइ छ तबसम्म बिरामी औषधि नपाई मृत्युवरण गर्नुपर्ने अवस्था छ।

आयात गरेको ६ हजारबाहेक एनएचआरसीबाट सात हजार सय मि.ग्रा. भायल तोकिएका अस्पतालमार्फत वितरण तथ्यांकमा सात सयको मात्र आँकडा छ। औसतमा ६ देखि ८ हजारमा पाइरहेको औषधि एकजनालाई ६ देखि ११ भायल जरुरत पर्छ। यद्यपि ट्रायलकै रूपमा भए पनि प्रभावकारी देखिएको रेम्डेसिभिर निमोनिया हुँदासम्म काम गर्ने भएकाले निमोनिया हुनुअगावै प्रयोग भएमा बिरामीको अवस्था राम्रो बन्न सक्छ र मृत्युदरमा कमी ल्याउन सक्छ, जसको जिउँदो उदाहरण यही स्तम्भकार नै छ।

अक्सिजन थेरापी
संक्रमितमध्ये लगभग पाँच प्रतिशतलाई जटिल संक्रमण हुन सक्ने भएकाले भेन्टिलेटर र आईसीयु चरणमा पुग्न नदिन अक्सिजन थेरापीले सहयोग गर्छ। इन्टरनेसनल जर्नल अफ इन्फेक्टियस डिजिजको सेप्टेम्बर अंकमा राति भाइरस बढी सशक्त हुने भएकाले अक्सिजन अभाव खट्किन नदिन फोक्सोका बिरामीले अक्सिजन थेरापी गर्नुपर्छ। शरीरमा भाइरस बढ्ने क्रम रोक्न तथा त्यसविरुद्धको प्रतिरक्षा प्रणाली सुधार गर्न बेलुका दिइने अक्सिजन थेरापीले कोभिड १९ रोगीलाई थप जटिल हुनबाट बचाउँछ। भेन्टिलेटरमा गइसकेपछि फर्काउन गाह्रो हुने भएकाले सबैभन्दा धेरै चाहिने अक्सिजन हो।

 ज्येष्ठ नागरिक, दीर्घरोगीमा मात्र नभई स्वस्थ र जवान संक्रमितलाई समेत अक्सिजन जरुरत परिरहेको छ। कोभिड– १९ मा मृत्युको प्रमुख कारक अक्सिजनको कमी हाइपोक्सिया छ। कोरोनाले जति फोक्सोमा संक्रमण गराउन थाल्छ, त्यति नै संक्रमितलाई बाहिरबाट वैकल्पिक अक्सिजन दिनुपर्छ। सुरुमा नेजल क्यानुलाबाट एकदेखि दुई लिटर प्रतिमिनेटका दरले भएन भने हाइफ्लो नेजल क्यानुलाबाट ४० देखि ६० लिटर प्रतिमिनेटका दरले र यदि भएन भने बाइप्याप मेसिनबाट अर्थात् ननइन्भेसिभ भेन्टिलेटर अक्सिजन सपोर्ट दिनुपर्छ। थप नभए भेन्टिलेटर सपोर्टमा राख्नुपर्छ। उचित समयमा अक्सिजन, रेम्डेसिभिर, प्लाज्मा दिन सकिए निको बन्ने हुन्छ।

निको भएपछि अजम्बरी ?
पछिल्लो एक खोजमा एकपटक संक्रमण भएर निको भएपछि शरीरमा अर्काे चार महिनासम्म भाइरसले फेरि संक्रमण गर्न नसक्ने गरी आइजीजी एन्टिबडी विकास हुने देखिएको हाबर्ड विश्वविद्यालयको अस्पतालमा भर्ना भएका गम्भीर ३४३ जनामा खोजमा छ। राष्ट्रपति ट्रम्पले पनि आफू निको भएपछि जीवनभरका लागि एन्टिबडी बनेको दाबी गरेका थिए, जुन गलत भनिदिएको छ। तथापि अमेरिकाका नभाडामा २५ वर्षीय पुरुष एकजनालाई कोरोना भाइरसको संक्रमण एक महिनामै दोहोरिएको थियो। यसअघि हङकङ, इक्वेडर, बेल्जियम र नेदरल्यान्डमा संक्रमण दोहोरिए पनि यति डरलाग्दो थिएन।

पोस्ट कोभिड सिन्ड्रोम
कोभिडमुक्त भइसकेकोमा श्वासप्रश्वाससम्बन्धी समस्या, जोर्नीको दुखाइ, मांसपेसीको दुखाइ, रिंगटा लाग्ने, भ्रम, आँखाका दृष्टिमा परिवर्तन, तनाव र डिप्रेसनजस्ता समस्या देखिने गरेका छन्। लामो समयसम्म थकान महसुस, मांसपेसी र शरीर दुख्ने, ध्यानकेन्द्रित गर्न गाह्रोजस्ता लक्षण भने लामो समयसम्म रहेका छन्। संक्रमणमुक्त भए पनि संक्रमणको समयमा प्रतिरोधी क्षमता कमजोर हुने, शरीर सुन्निने, मस्तिष्क वा मेरुदण्डमा प्रत्यक्ष असर हुने भएको पछिसम्म प्रतिकूल असर थकान देखिन सक्छ। कति असर पारेको हो त्यसअनुसार सिन्ड्रोम देखिन सक्छ। बेलायतको युनिभर्सिटी कलेज अफ लन्डनको अध्ययनमा कोभिड– १९ को संक्रमणले सुन्ने क्षमतालाई कम वा पूर्णरूपमा समाप्त पारिदिन सक्ने बताएको छ।

अन्त्यमा घरआँगनमा दसैं, तिहार तथा छठले च्याइसक्दा पनि कसैमा उल्लास छैन, न त कुनै उमंग छ, अनौठो बेचैनी, रोग, भोक र भयग्रस्त भविष्य मनोविज्ञानमा छ सिंगो समाज। संक्रमितको संख्यामा नेपालले चीनलाई उछिनिरहेको छ। चीनमा ८५ हजार संक्रमित देखिए भने नेपालमा सवा लाख बढी। नौ महिनाअघि कोरोनाको छिटाले छोइसकेको हामीले किन क्षति न्यून गर्न सकेनौं समीक्षा कहिले गर्ने हो ? परीक्षणमा वृद्धि, राम्रो कन्ट्र्याक्ट ट्रेसिङ, गहिरो केस इन्भेस्टिगेसन, जनस्वास्थ्य मापदण्डको पालनालगायत प्रक्रिया दुई साता कडाइका साथ सबै क्षेत्रबाट पालना भए संक्रमण दरमा कमी आउन सक्छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.