घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायी पक्राउ

घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायी पक्राउ

दैलेख : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय दैलेखबाट सोमबार एकजना कर्मचारी र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ । मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढालाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए । 

खरिदार खनाल र लेखापढी व्यवसायी बुढाले जग्गा नामसारी गर्दा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिइएको टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको प्रवक्ता अधिकारीले बताए । 

प्रवक्ता अधिकारीका अनुसार उनीहरुको साथबाट सेवाग्राहीबाट लिइसकेको ५ हजार रुपैयाँसहित कार्यालय परिषरबाटै नियन्त्रणमा लिइएको हो । दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालीएको आयोगले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.