पहिरो पीडित भन्छन् : 'पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो'

पहिरो पीडित भन्छन् : 'पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो'

जाजरकोट : गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना  गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।

१८ वर्षीय कृष्ण बेलाबेलामा झस्किने गर्छन् । परिवारै गुमाउनु पर्दाको पीडा त छँदैछ । भावी जीवन कसरी बिताउने चिन्ताछ छन् उनी । दुःखजिलो गरेर जेनतेन रमाइरहेको थियो सार्की परिवार तर गत असार २५ गते मध्यरातमा आएको पहिरोले उनीहरुको सबै खुसी खोस्यो । 

परिवारका चार सदस्य चुडेर लग्यो । आफन्तको घर गएर बाँचेका कृष्णबहादुर कसरी जीन्दगीको नयाँ अध्याय थालनी गर्ने भन्ने अझै टुङ्गोमा पुगिसकेका छैनन् । बस्ने घर र खाने गास खोसिएपछि उनी छिमेकी काकीको घरमा शरण लिएर बसेका छन् । 

हुनेखानेका घरमा दसैं आएपनि उनलाई दसैंको कुनै रौनक छैन । पेटभर खान पाएका छैनन् । घरगृहस्ति कसरी चलाउने भन्ने चिन्तामा छन् । आर्थिक अवस्था निकै कमजोर भएका उनलाई दसैंले गिज्याइरहेको अनुभुति हुने गरेको छ । 'पेटभरी खान पाए हाम्रो लागि त्यही दसैं हुन्थ्यो,' उनले भने ।

'दिनमा घामले पोल्छ । रातमा चिसोले सताउँछ । खाने अन्न छैन । भएको घर पहिरोले बगाएर लग्यो । विकल्प केही नभएपछि यही त्रिपालमुनी गुजरा चलाइरहेका छौं, जिल्लाको बारेकोट गाँउपालिका ४ गोठगाँउ तलगाँउकी गोरी नेपालीले यी पिडा सुनाइ रहँदा उनको गला अवरुद्ध भयो, आँखा रसाए । 

गत असार २५ को मध्यरातमा आएको पहिरोले घर बगाएपछि उनको ६ जनाको परिवार विस्थापित भएर नजिकैको जंगलमा त्रिपाल टाँगेर बसेको छ । गाँउपालिका र अन्य संघसंस्थाले राहत स्वरुप दिएको केही खाद्यान्नले केही समय जेनतेन चल्यो ।

भएको पाखोबारी सवै पहिरोले लग्यो । 'घरमा कमाइ गर्ने कोही छैन। अब के खाएर बाँच्ने हो । पेटभरी खान पाएका छैनौं, हामी त साह्रै समस्यामा पर्‍यौं हजुर गोरीले भनिन्, ‘पहिले घरभएको ठाँउ फर्कन सक्ने अवस्था छैन । कहिलेसम्म यसरी त्रिपालमै बस्नुपर्ने हो कुनै टुङ्गो छैन ।’

उनीजस्तै १४ दलित परिवार अहिले पनि विस्थापित जीवन विताइरहेका छन् । पहिरोले केही घर बगाएको र केही बस्नै नमिल्ने गरी चर्किएपछि उनीहरु त्रिपालको साहारा लिन बाध्य भएका हुन् । 

केही समय विद्यालयमा बसेका उनीहरु अहिले जंगलमा बसेका छन् । विद्यालयमा पढाइ सुरु हुन थालेपछि जंगलमा त्रिपाल टाँगेर बस्न थालेका हुन् । विस्तारै चिसो बढ्दै छ । चिसोले केटाकेटी विरामी पर्न थालेका छन् । दसैं दैलोमै आइसक्यो ।

यसपाली उनीहरुको दसैं त्रिपालमुनी नै वित्ने भएको छ । 'त्यही त्रिपालमै जमारा राखेका छौं,' विस्थापित नैनबहादुर नेपालीले भने, 'मिठो मसिनो खाने, नयाँ लुगा लगाउने र घरमै बसेर टीकाटालो गरेर दसैं मनाउने त सपना भइसक्यो । त्रिपालमै भएपनि पेटभरी खान पाए हाम्रो लागि त्यही दसैं हुने थियो ।'

बारेकोटमा गएको पहिरोमा परि १४ जनाको ज्यान गएको थियो भने एक हजार ५६ परिवार विस्थापित भएका थिए । वर्षात रोकिएपछि अन्य परिवार घर फर्किएपनि तलगाँउका १४ दलित परिवार घर फर्कन सकेका छैनन् ।

उनीहरुले सरकारसँग गास र बासको माग गरेका छन् ।' हाम्रो बस्ने ठाँउ पहिरोले बगायो। हामीलाई पुर्नवासको व्यवस्था गरिदिनु पर्‍यो, विस्थापित गोपाल कामीले भने ,'हाम्रो समस्या भनेकै गास र बासको हो ।'

चिसोले जेष्ठ नागरिक र बालबालिकालाई सताउन थालेको छ । पोषणयुक्त आहारको अभावमा बालबालिकामा कुपोषणको समस्या देखिनन थालेको छ । विस्थापित परिवारलाई पुर्नस्थापनाका लागि गाउँपालिकासँग स्रोत साधनको अभाव भएकोले प्रदेश र संघीय सरकारलाई अनुरोध गरिएको गाउँपालिका अध्यक्ष महेन्द्र शाहले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.