दसैंमा घर लिप्ने माटो खन्न गएका दुई महिलाको ढिस्कोले पुरिएर मृत्यु : दुई घाइते

दसैंमा घर लिप्ने माटो खन्न गएका दुई महिलाको ढिस्कोले पुरिएर मृत्यु : दुई घाइते

जाजरकोट : दसैंमा घर लिप्ने माटो खन्न गएका दुईजना महिलाको  ढिस्कोले पुरिएर शनिबार दुईजना महिलाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते छन्। 

जिल्लाको छेडागाड–३ दशेरा चुवाकी ३० वर्षीया सितला जैसी र १६ वर्षीय आरती दाहालको डिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ। 

स्थानीय सरिता जैसी र धनसरी चनारा घाइते भएका छन्। घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएको छ। 

घर लिप्ने माटो खन्ने क्रममा ढिस्को खस्दा चारजना महिला पुरिएका हुन्। तत्काल स्थानीयले सबैको जीवितै उद्धार गरे पनि हेलिकप्टर पर्खदा पर्खदै दुई जनाको मृत्युु भएको स्थानीयको भनाइ छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.