मुस्ताङीलाई फापर थन्काउने चटारो

मुस्ताङीलाई फापर थन्काउने चटारो

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा उत्पादन हुने रैथाने खाद्य बाली ‘फापर’ थन्क्याउन स्थानीय किसानलाई भ्याइनभ्याइ भएको छ  ।बर्सेनि असार महिनामा खेतमा फापर छरेर असोज /कार्तिकमा मुस्ताङी किसानले खेतबारीको फापर घरमा थन्क्याउने गर्छन् ।हिमाली तथा उच्च पहाडी जिल्लामा उत्पादन हुने फापर मुस्ताङको प्रसिद्ध रैथाने खाद्य बाली मध्येको एक हो ।

समुन्द्री सतहको २ हजार देखि ५ हजार मिटरको अग्लो उचाईको खेती योग्य जमिनमा फापर खेती गरिने गरिएको छ । हिमाली जिल्ला मुस्ताङमा उवा ,जौ ,मकै ,आलु ,बोडी लगायत खाद्य बाली सहित फापर पनि मुख्य ब्रान्ड बनेको छ । अन्य खेतीको तुलनामा फापर खेती कम झन्झटिलो भएपनि मुस्ताङका किसानले व्यावसायिक रुपमा नभइ घरायसी प्रयोजन र देश—विदेशमा बस्ने आफन्त/ इष्टमित्रलाई कोशेली रुपमा लैजान फापर खेती गर्ने गरेको कागबेनीका स्थानीय किसान धावा धोर्जे गुरुङ बताउछन् ।

उनले बर्सेनि मंसिर महिनामा लगाईएको उवा खेती थन्क्याएपछि स्थानीयले खेतबारीमा फापर छर्ने गरेको बताए ।खेतमा फापर छरेपछि सामान्य गोडमेल गरी पानी सिन्चित गरेमात्र पुग्ने फापर खेती अन्य खेतीको तुलनामा सुविधाजनक रहेको उनको भनाई छ । असारमा छरेको फापर कार्तिक महिनामा पाकेपछि स्थानीयले त्यसलाई काटेर एकसातासम्म खेतमै घाममा सुकाउने र त्यसपछि चुटेर केस्रा निकाल्ने गरिएको उनले स्पष्ट पारे । 

खेतमा सुकाईएको फापर पूर्ण रुपमा खङ्रङ सुकेपछि त्यसलाई एक कट्ठा गरी खेतमै लौरोको सहायता चुटेर फापरको केस्रा निकाल्न मुस्ताङ किसान खेतबारीमा जुटेका छन् । यसरी निकालिएको केस्रा गेडा नजिकैको घट्ट वा मेशिनमा लगेर पिसेपछि अर्गानिक फापरको पिठो तयार हुने किसानहरुको भनाइ छ।

मुस्ताङको मुख्य प्रोडक्टको रुपमा रहेको रैथाने फापर खेती मुस्ताङको ५ वटै स्थानीय तहमा उत्पादन हुने गर्छ । स्थानीयका अनुसार मुस्ताङको थासाङ —१ टुकुचे देखि माथि लोमान्थाङको सीमावती गाउँसम्म फापर खेती हुने गर्छ ।

 स्थानीय किसान लाक्पाले आफूले बसेनि ५ मुरी सम्म फापर उत्पादन गर्ने गरेको र उत्पादन गरिएको फापर घरायसी खर्चमा चाहिने छुट्याएर केही मात्रामा बिक्री गर्ने गरेको बताए । मुस्ताङका स्थानीय किसानले सदियौ काल देखी उवा ,जौ ,आलु जस्तै निरन्तर रुपमा फापरको खेती गर्दै आइरहेको पाइएको छ । मुस्ताङ किसानले खेतबारी मात्र नभई स्याउ बगैचा भित्रको खाली जमिनमा समेत फापर खेती गर्ने गरेका छन् । सडक संञ्जालले नजोडिदा मुस्ताङमा उत्पादित कृषि जन्य बस्तुको बजारकिरमा निकै समस्या पर्ने गरेकोमा पछिल्लो समय सडक सञ्जालले जोडिएपछि फापर लगायतका खाद्य अन्नबाली सहज रुपमा बिक्री हुन थालेको स्थानीय किसान सर्किनी गुरुङले बताइन् ।

उनले फापर खेती सहज रुपमा गर्न सकिने भएपनि गोरुझोपा र कामदारको जोहो गर्दा बढी खर्च लाग्ने गरेको सुनाईन् ।उनले लगाईएको फापर राम्ररी सप्रियो भने केही फाईदा हुने र सप्रिएन भने घाटा लाग्ने उल्लेख गरिन् । उपल्लो मुस्ताङीहरु खेतबारीमा लगाईएको फापरबाली घरमा थन्क्याएपछि हिउँदयाममा जाडो छल्न बेसी झर्ने परम्परा रहेको छ ।

फापरको पिठो स्थानीयले ढिडो र रोटी लगायतका विभिन्न परिकार बनाएर खाने चलन छ । पछिल्लो समय मुस्ताङ आउने पर्यटकको समेत फापरको डिडो र रोटी मुख्य आर्कषण बन्न थालेको छ । स्थानीयले बिशेष स्थानीय चाडपर्वमा फापरको पिठो प्रयोग गर्छन् । हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने फापरको पिठो हिजोआज सहर÷बजारको भान्साघर र होटलहरुमा मुख्य परिकारका रुपमा ग्राहकलाई पस्किने गरेको पाईन्छ । विभिन्न मेला महोत्सवमा पनि फापरको विभिन्न परिकार बनाएर बेच्ने गरिन्छ ।

चिसो हावापानीमा उत्पादन हुने फापरको पिठो २ प्रकारको हुने गर्छ । मुस्ताङका स्थानीय किसानले तिते र मिठे पापर उत्पादन गर्ने गर्छन् ।सन्तुलित हावापानीमा उत्पादन हुने फापरमा कार्बोहाईट्रेड ,प्रोटिन र लाईसिन एमिनो एसिड जस्ता खनिज तत्व पाईने गर्छ ।नियमित पापरको पिठोको परिकार सेवनले मधुमेह ,उत्तरक्तचाप र सुगर लगायतका दिर्घ रोगका बिरामीलाई जिवन उपयोगी हुने गर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.