कञ्चनरूपमा कोभिड अस्पताल

कञ्चनरूपमा कोभिड अस्पताल

राजविराज : सप्तरीको कञ्चनरूप नगरपालिकाका प्रमुख बसन्तकुमार मिश्रले जनताको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण भएकाले जनतालाई कसरी स्वास्थ्य राख्ने भन्नेमा नगरपालिका लागि परेको बताएका छन्।

कञ्चनरूप नगरपालिका-८ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा निर्माण गरिएको अस्थायी कोभिड-१९ अस्पतालको बिहीबार उद्घाटनपछि आफ्नो मन्तव्यका क्रममा नगर प्रमुख मिश्रले सो कुरा बताए।

नेपाल सरकारले अस्पताल नभएका स्थानीय तहमा न्युनतम पाँच बेडको कोभिड-१९ अस्पताल सञ्चालन गर्ने निर्देशन भए अनुसार अस्पताल सञ्चालनमा ल्याएको भन्दै मिश्रले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताए।

नगरप्रमुख मिश्रले प्राथमिक स्वास्थ्य केन्द्रमा केही दिनमै आकस्मिक सेवा र सर्पदंशको उपचार सेवासमेत सुरु गर्न लागिएको जानकारी दिए।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले कोभिड-१९ को संक्रमण रोकथामका लागि कञ्चनरूप नगरपालिकाले सुरुदेखि नै सचेत भएर काम गरेकोे र हाल अस्पताल सञ्चालनमा ल्याएकोमा धन्यवादसमेत दिए।

अस्पताल निर्माणका लागि नेपाल सरकारले १० लाख रूपैयाँको सहयोग गरेको तथा आवश्यक सामग्री खरिद गर्न र कर्मचारी व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गरी पाँच बेडको कोभिड अस्पताल स्थापना गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका सह-संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी दिए। कोभिड अस्पतालमा एक डाक्टर, दुई स्टाफ नर्स र एकजना कार्यालय सहयोगी रहने छन्।

कोभिड–१९ को संक्रमण बढ्न थालेपछि नेपाल सरकारले प्रत्येक स्थानीय तहमा क्वारेन्टाइन निर्माण गर्न दिएको निर्देशन अनुसार यस अघि नगरपालिकाको विभिन्न वडामा क्वारेन्टाइन बनाएको थियो भने एउटा आइसोलेशन केन्द्रसमेत सञ्चालनमा ल्याएको छ। 

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कञ्चनरूप नगरपालिका उपप्रमुख निरु पोखरेल, जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादव, नगरपालिका प्रवक्ता राजकुमार साह, नेकपाका बच्चुलाल चौधरी, जसपाका सुदम्बर यादव, प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूपका प्रमुख डाक्टर संजीवकुमार झा, स्वास्थ्य शाखाका सुरेन्द्रप्रसाद यादव, कोभिड–१९ सीआइसिटी टिम संयोजक विकासकुमार गुप्ता, बहुक्षेत्रीय पोषण कार्यक्रमकी स्वयमसेवीका सुशीला चौधरी लगायतका वक्ताहरूले शुभकामना दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.