राउटेले पाउने भए थप २ हजार भत्ता

राउटेले पाउने भए थप २ हजार भत्ता

दैलेख : लोपोन्मुख फिरन्ते जाती राउटे समुदायले थप २ हजार रुपैयाँ भत्ता पाउने भएका छन् । सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा बसोबास गर्दै आएका राउटे समुदायको बस्तीमा पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटे समुदायका नागरिकहरुलाई मासिक २ हजार रुपैयाँ भत्ता प्रदान गर्ने घोषणा गरेका हुन् । सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराम ओली सहित बस्तीमा पुगेका मुख्यमन्त्री शाहीले यस्तो घोषणा गरेका हुन् । 

कर्णालीका गहनाको रुपमा रहेको राउटे समुदायका नागरिकहरुले संघीय सरकार मार्फत लोपोन्मुख जातीअन्तरगर्त मासिक ३ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाउँछन् । राउटे समुदायका नागरिकलाई संघीय सरकारले प्रदान गर्र्दै आएको ३ हजारसँगै कर्णाली प्रदेश सरकारमार्फत थप २ हजार रुपैयाँ भत्ता प्रदान गर्न लागिएको हो । अबदेखि राउटेले मासिक रुपमा पाँच हजार रुपैयाँका दरले भत्ता पाउनेछन् ।

मुख्यमन्त्री शाहीले प्रदेश सरकारले दिने थप २ हजार भत्ता मदिरा सेवनमा खर्च नगर्न राउटे समुदायलाई आग्रह गरेका छन् । 'सरकारले दिने भत्ता कपडा किन्न र पोषणयुक्त खाना किन्न मात्रै खर्च गर्नुहोस्,' मुख्यमन्त्री शाहीले भने । 

मुख्यमन्त्री शाहीले राउटे समुदायका नागरिकहरु बिरामी पर्दा प्रदेश सरकारले निशुल्क उपचार गर्ने समेत घोषणा गरेका छन् । 'समुदायमा स्वास्थ्यकर्मी खटाउँछौं, तपाईहरु एकै ठाउँमा बसे प्रदेश सरकारले घर बनाइदिन्छ, एकै ठाउँमा बसेर काठका सामग्री निर्माण गर्नुहोस्,' मुख्यमन्त्री शाहीले भने । 

मुख्यमन्त्री शाहीले समुदायका नागरिकहरुलाई पढाईमा ध्यान दिन आग्रह गरेका छन् । मुख्यमन्त्री शाहीले अघिल्लो वर्ष राउटे समुदायले बृक्षारोपण गरेको क्षेत्रलाई राउटे बाटिका बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

नेपाली नागरिकता लिन आग्रह

फिरन्ते रुपमा जीवनयापन गर्दै आएका राउटे समुदायका व्यक्तिलाई गुराँस गाउँपालिकाले २०७५ असार ३० गते स्थायी ठेगाना भएको परिचयपत्र प्रदान गरिसकेको छ । दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई आफ्नै स्थायी नागरिक बनाउने गरि परिचयपत्र दिएको हो । 

त्यसबेला राउटेको नाम, थर, जन्ममिति र ठेगाना गुराँस गाउँपालिका भएको परिचयपत्र प्रदान गरिएको हो । स्थायी परिचयपत्र पाएका राउटेहरु समुदायलाई नागरिकता लिन स्थानीय, प्रदेश र संघीय सरकारले आग्रह गर्दै आएको छ । तर, उनिहरुले अस्विकार गर्दै आएका छन् । राउटे समुदायमा पुगेका कर्णालीका मुख्यमन्त्री शाहीले उनिहरुलाई नागरिकता लिन आग्रह गरे । 

समुदायमा एइआइएन लक्जेम्वर्गको आर्थीक सहयोगमा सोसेक दैलेख मार्फत राउटे परियोजना सञ्चालित छ ।  परियोजना मार्फत तीन जना कर्मचारी खटिईएका छन् । एक जना अहेव र दुई जना जोडी शिक्षक समुदायमा कार्यरत छन् । अहेवले राउटे नागरिकहरुको स्वास्थ्यउपचार र अन्य दुईजनाको जोडी शिक्षकले राउटे नागरिकको आनीवानीमा परिवर्तन, पोषण, बाल संरक्षण र शिक्षाका लागि अनौपचारिक कक्षा संचालन गरिरहेको संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले जनाए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.