पाँच पटक प्रधानपञ्च भएका ठाकुरको निधन
राजविराज : सप्तरीको छिन्नमस्ता गाउँपालिका– ५ लोखरमका बैद्यनाथ ठाकुरको ८५ वर्षको उमेरमा सोमबार निधन भएको छ । उपचारका क्रममा बिराटनगरस्थित बिराट नर्सिङ्ग होममा ठाकुरको मृत्यु भएको उनका छोरा रमण ठाकुरले बताए । दुबै मृगौला खराब भएका ठाकुरको स्वास्थ्यमा समस्या आए पछि उपचारका लागि विराटनगरमा उपचाररत थिए ।
पञ्चायतकालमा चार पटक सप्तरीको कोचाबखारी गाविसको प्रधानपञ्चमा निर्वाचित ठाकुर प्रजातान्त्रिक कालमा २०५४ सालमा स्वतन्त्रबाट कोचाबखारी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।
सोमबार नै अन्तिम संस्कार गरिने परिवारका सदस्य जयप्रकाश ठाकुरले बताए । मृतक ठाकुरकी श्रीमती, तीन छोरा र तीन छोरी छन् ।