कोरोना जितेर काममा फर्कदै जनप्रतिनिधि

कोरोना जितेर काममा फर्कदै जनप्रतिनिधि

उदयपुर : उदयपुरका जनप्रतिनिधि धमाधम कोरोना भाइरसमुक्त भएसँगै आफ्नो काममा फर्किएका छन् । सोमबार कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ कोरोना मुक्त भएसँगै नगरपालिकाको काममा फर्किएका हुन् । 

यसअघि जिल्ला समन्वय समितिकाका प्रमुख खड्गबहादुर दर्नाल, बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा, वडाध्यक्ष दिनेश्वर चौधरी र एक सदस्य कोरोना भाइरस जितेर पुर्ववत अवस्थामा फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले जानकारी दिए । 

आफ्नो भूमिका निर्वाह गर्नेक्रममा एक महिना यता कोरोना भाइरसबाट संक्रमित भएपछि उनीहरु कोभिड अस्पतालमा भर्ना भइ उपचाररत थिए । १४ दिनपछि कोरोना मुक्त भएका कटारीका मेयर श्रेष्ठले जनताको काम गर्दा गर्दै आफू संक्रमित भएको बताए । 

उनले स्वास्थ्य सतर्कता नै सबैभन्दा उपयुक्त भएकाले स्वास्थ्य मापदण्ड अपनाउँदै पुनः जनताको सेवामा फर्किएको प्रतिकृया दिए । मेयर, प्रमुख प्रशासकिय अधिकृत, शिक्षा शाखाका कर्मचारीमा कोरोना देखिएपछि १५ दिनका लागि नगरपालिकाका अत्यावश्यक वाहेक सबै सेवा बन्द थिए । 

१५ दिन देखि प्रभावित भएका सबै सेवालाई निरन्तरता दिँदै विकास निर्माणका कामलाई अघि बढाईने उनले बताए । उनीसँगै संक्रमित भएका इलाका प्रशासन कार्यालयका प्रमुख चन्द्र सिवाकोटी पनि कोरोना मुक्त भएका छन् । तर सँगै संक्रमित रहेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल र शिक्षा शाखाका श्रोत व्यक्ति सूर्य कार्कीमा भने पुनः पोजिटिभ आएपछि आइसोलेसनमै रहेको मेयर श्रेष्ठले बताए ।
 
यसअघि कोरोना जितेर फर्किएका जिसस प्रमुख र बेलकाका मेयर थापा आफू नियमित काममा फर्कि जनताको सेवामा रहेको बताएका छन् । हालसम्म ७३ जना महिलासहित दुई सय ३५ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये २१ महिलासहित ५९ जना आइसोलेसनमा बसी उपचार गराई रहेको स्वास्थ्य प्रमुख सुबेदीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.