संक्रमणले बन्द हुँदै अड्डा

संक्रमणले बन्द हुँदै अड्डा

दैलेख : कोरोना महामारीका कारण जिल्लामा सरकारी तथा गैरसरकारी निकायको सेवा प्रवाह धमाधम बन्द हुन थालेका छन्। कोरोना संक्रमण बढ्दै गर्दा सरकारी कार्यालयको सेवा प्रभावित हुन थालेको हो। मुख्य प्रशासनिक अड्डा जिल्ला प्रशासन, स्थानीय तह र मालपोत कार्यालयको सेवा प्रभावित भएको छ। 

जिल्ला प्रशासन कार्यालय दैलेखले सार्वजनिक सेवा प्रवाह बन्द गराएको छ। प्रशासनका कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी हरिप्रसाद देवकोटाले बताए। कोरोना संक्रमणका कारण जिल्लामा संक्रमितको दर बढ्दै गएको र कार्यालयमा कार्यरत केही कर्मचारीहरूमासमेत संक्रमण पुष्टि भए पछि सेवा बन्द गरिएको देवकोटाले जनाए। संक्रमित कर्मचारीहरूबाट समुदाय स्तरसम्म र सेवाग्राहीबाट कार्यालयका कर्मचारीहरूमा कोरोना संक्रमणको जोखिम रहन्छ। यसलाई मध्यजनर गर्दै सोमबारदेखी अर्को सूचना जारी नभएसम्म कार्यालयको अत्यावश्यक कार्यहरू बाहेकका सम्पूर्ण नियमित सार्वजनिक सेवा प्रवाह बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले जानकारी दिए। 

यस्तै सदरमुकामस्थित नारायण नगरपालिकाको सेवा प्रवाहसमेत बन्द गरिएको छ। नगरपालिकाका मेयरसहित अन्य जनप्रतिनिधि र कर्मचारीहरूमा कोरोना संक्रमण देखिएपछि नगरपालिका र सम्पूर्ण वडाको सेवा प्रवाह बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले जानकारी दिए। 

आइतबारदेखि एक साताका लागि सेवा प्रवाह पूर्ण रूपमा बन्द गरिएको उनले जनाए। यो अवधिमा सार्वजनिक सेवा प्रवाहबाहेक कोरोना व्यवस्थापन, स्वास्थ्य तथा सरसफाइ सेवा, फोहोर मैला व्यवस्थापन र विपद् व्यवस्थापनका कार्यहरू सञ्चालनमा रहने प्रमुख प्रशासकीय अधिकृत बुढाले जानकारी दिए। यता मालपोत कार्यालय दैलेखले सेवा बन्द भएको सूचना जारी गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको आन्तरिक कामबाहेक अन्य सम्पूर्ण सार्वजनिक सेवा बन्द गरिएको निमित्त कार्यालय प्रमुख लक्ष्मीप्रसाद धमलाले जनाए। उनका अनुसार सोमबारदेखि आगामी कात्तिक २३ गतेसम्मका लागि सेवा बन्द गरिएको हो। सरकारी सेवा बन्द गर्नेबाहेक जिल्लामा संक्रमणको नियन्त्रणका प्रयासस्वरूप ठोस कदम चालिएको छैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.