लोमान्थाङको नेचुङमा सशस्त्रको बीओपी भवनको शिलान्यास

लोमान्थाङको नेचुङमा सशस्त्रको बीओपी भवनको शिलान्यास

जोमसोम : हिमाली जिल्ला मुस्ताङको उत्तरी कोरलानाकास्थित लोमान्थाङ गाउँपालिका-१ छोसेरको नेचुङमा बुधबार सशस्त्र प्रहरी बलको बीओपी भवन शिलन्यास भएको छ । बीओपी भवन‍लगायतको संरचना निर्माणको शिलन्यासका लागि नेपाल सरकार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने ,सशस्त्र प्रहरी बलका महानिरीक्षक –(आइजीपी ) शैलेन्द्र खनाल र शसस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण बस्नेत काठमाडौंबाट हेलिकोप्टरमार्फत बुधबार बिहान उत्तरी कोरलानाकाको नेचुङ पुगेका थिए ।

यस्तै पोखरास्थित मुक्तिनाथ बाहिनी ४ नं.का सशस्त्र प्रहरी बलका डीआइजी राजेन्द्र बस्नेत र जोमसोमस्थित गुल्मपती आनन्द थापालगायतको टोली लोमान्थाङको नेचुङ पुगेको थियो । उत्तरी कोरलानाकाको सीमारक्षाका लागि स्थापना भएको बीओपी भवनको गृह सचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा उद्घाटन गरे ।

बीओपी भवन शिलन्यासपछि बोल्दै प्रमुख अतिथि गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपाल सरकारले उत्तर/दशिक्षतर्फका सीमावर्ती क्षेत्रमा बीओपी स्थापना गर्ने उद्देश्य अनुसार मुस्ताङको उत्तरी कोरलानामा बीओपी स्थापना भएको बताए ।उनले सिमावर्तीक्षेत्रमा सरकारको प्रत्यक्ष उपस्थितीले उत्तरी कोरलानाका खोल्न सहज हुने बताए ।

यस्तै,सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले बीओपी स्थापनासँगै सुरु गरिएको पूर्वाधार तोकिएकै समयमा पूरा विश्वास व्यक्त गरे । महानिरीक्षक खनालले सीमावर्ती क्षेत्रमा हुने संम्भावित अपराध नियन्त्रण,सीमा सुरक्षा र स्थानीय जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारले बीओपी स्थापना गरेको बताए । 

महानिरीक्षक खनालले बीओपीका लागि जग्गा उपलब्ध गराउन स्थानीय जनप्रतिनिधिले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । सशस्त्र प्रहरी बलको नेचुङमा रहेको ३३ रोपनी क्षेत्रफलको जग्गामा निर्माण हुने बीओपी भवन निर्माणको लागत ५ करोड ६५ लाख रहेको र यसको संम्झौता अवधि ११ महिनाको रहेको  गुल्मपती आनन्द थापाले जानकारी दिए ।

तत्कालिन नेपाल सरकारले २०७३ साल बैशाखमा जिल्लास्थित ५ वटा कार्यालयलाई आवश्यक जग्गा उपलब्ध गराउने अधिकार दिएपछि त्यहा सशस्त्रको बीओपी पूर्वाधार निर्माणको लागि ३३ रोपनी जग्गा प्राप्त भएको थियो । बीओपी पूर्वाधारका लागि जग्गा प्राप्त भएको ४ बर्षपछि अहिले सरकारले पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाईएको हो ।

लोमान्थाङको छोसेर स्थित नेचुङमा गत जेठ महिनामा सशस्त्र प्रहरीको सीमा सुरक्षाका लागि बोर्डर आउट पोष्ट (बीओपी ) स्थापना गरिएको थियो ।बीओपी पूर्वाधार बिनै स्थापना गरिएको बीओपीमा खटिने सुरक्षाकर्मीलाई अस्थायी रुपमा नेचुङ भन्सारको क्वारेन्टाईनमा व्यवस्थापन गर्ने गरी सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने गरी २० जना सुरक्षाकर्मी खटाइएको थियो ।
उत्तरी कोरलानाकामा सीमा सुरक्षा, सम्भावित चोरी तस्करी नियन्त्रण,भन्सार गस्ती र विपत् व्यवस्थापनलगायतमा सहयोग पुग्ने गरी स्थापना गरिएको बीओपी स्थापनाको ६ महिनापछि त्यसलाई चाहिने पूर्वाधारका लागि  भवन संरचना निर्माणको प्रक्रिया अघि बढाइएको हो।

यसअघि सरकारले मुस्ताङको उत्तरी कोरलानाका संञ्चालन गर्ने लक्ष्य अनुसार २०७३ सालमा सशस्त्र प्रहरीसहित नेपाली सेनालाई लंखुफाटमा १२ सय ७१ रोपनी ,भन्सारलाई १ सय ९ रोपनी ,जनपथ प्रहरीलाई १३ रोपनी र अध्यागमनका लागि १२ रोपनी जग्गा उपलब्ध भएको थियो ।

उत्तरी कोरलानाको करिव १२ किमी यता नेचुङमा उपलब्ध भएको जग्गा उपयुक्त नभएको भन्दै पछिल्लो समय कोरलानाकाको दशगजा क्षेत्रमा भन्सार लगायतका पूर्वाधार निर्माण गर्न पुनः १ हजार रोपनी जग्गा छुट्याएको छ । यसअघि प्राप्त भएको लोमान्थाङको लुंखुफाटमा नेपाली सेनाको क्याम्प समेत स्थापना भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.