स्याङ्जामा एकैदिन थपिए २२ संक्रमित
स्याङ्जा : स्याङ्जामा बुधवार एकैदिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण देखिनेमा वालिङ नगरपालिकाका १६सहित आँधिखोला, अर्जुनचौपारी गाउँपालिका, पुतलीबजार नगरपालिका र पालिका नखुलेकागरी थप २२ रहेको प्रादेशिक कार्यालय पोखराले जनाएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार वालिङ्का ३०, ४०, ३६, २०, १५, १४, १४, ३३ वर्षीया महिला हुन भने २६, ५०, ४१, ३३, ३०, ७०, ५९, २१ वर्षीय पुरुष छन्।
यसैगरी, पुतलीबजारका ३९ र ४२ वर्षीय, अर्जुनचौपारीका ६१ वर्षीय, आधीखोलाका ३४ वर्षीय पुरुष रहेका छन् । पालिका नखुलेका ४१ र ६१ वर्षीय दुई पुरुष हुन। थपिएका मध्ये १२ पुरुषसहित ८ महिला हुन्।