लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

दैलेख : दैलेखको आठबीस नगरपालिकाबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ गुमानटारका ३० वर्षीय दिपेन्द्रकुमार घर्र्ती र विरेन्द्रनगर नगरपालिका-३ एरीचोकका २० बर्षिया आरोशी पुलामी मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 

स्थानिय बजारमा प्रहरी चौकी पाल्तडाबाट प्रहरी सहायक निरीक्षक थुमबहादुर घर्तीको कमाण्डमा गस्तीमा गएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो। 

उनीहरु रामघाटस्थित कर्णाली राजमार्गमा शंकास्पद अवस्थामा संगै हिँडिरहेका थिए। शंकास्पद देखेर खानतलासी गर्दा आरोशी पुलामी मगरले साथमा बोकिराखेको झोलाभित्र लागुऔषध भेटिएको थियो। 

झोलामा रहेको रातो रंगको प्लाष्टिक भित्र प्रिगाम्याक्स ७५ लेखिएको २ पत्तामा १०/१० ट्याब्लेट र १ पत्तामा ४ ट्याब्लेट गरी २४ ट्याब्लेट, स्पासपेन लेखिएको २ पत्तामा १०/१० ट्याब्लेट गरी २० ट्याब्लेट र डि-कफ लेखिएको १ पत्तामा १८ ट्याब्लेट र २० रुपैयाँको नेपाली नोट भित्र सेतो प्लाष्टिकमा राखिएको ५ मिलिग्राम लागुऔषध खैरो हिरोइन फेला परेको थियो। 

उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन बमोजिम आवश्यक अनुसन्धान थालिएको दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.