नाउर गणना गरिँदै

नाउर गणना गरिँदै

डोल्पा : डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा नाउर गणना गरिने भएको छ। विश्वमै दुर्लभ हिउँचितुवाको प्रमुख आहाराको रूपमा रहेको नाउरको गणना सुरु भएको हो। 

डब्लूडब्लूएफको आर्थिक तथा प्राविधिक सहयोगमा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको करिब १ हजार ३ सय ६६ वर्गमिटर क्षेत्रफलमा ६ वटा संरक्षण ब्लग तयार गरी नाउर गणना गर्न लागिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए। 

सन् २०१८ देखि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा नाउरको गणना थालिएको थियो। प्रति एक वर्गमिटरमा चारवटाका दरले पाइने नाउर सन् २०१८ मा २ हजार ७२, २०१९ मा ४ हजार १ सय ३४ वटा नाउरको गणना गरिएको निमित्त प्रमुख संरक्षण अधिकृत पौडेलले बताए। उनका अनुसार २०१८ र १९ को तुलानामा २०२० मा के कति अन्तर छ भनेर यकिन तथ्यांक तयार गर्न गणना थालिएको दाबी गरे। 

विश्वको सबैभन्दा धेरै घनत्वमा हिउँचितुवा डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पाइने दाबी रहे पनि हिउँचितुवाको आधिकारिक तथ्यांक भने आउन बाँकी छ। गत वर्ष दुईवटा हिउँचितुवामा जीपीएस रेडियो कलरिङ गरेर हाल हिउँचितुवाको अनुसन्धान भइरहेको निकुञ्जले जानकारी दिएको छ।  हिउँचितुवाको प्रमुख आहारा मानिने नाउर गणना गरेपश्चात् हिउँचितुवाको अवस्थाबारे जानकारी लिन सजिलो हुने भएकोले पनि सन् २०१८ देखि नाउरको गणना गरिरहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए। 

गत वर्ष ४२ वटा ब्लगमा गणना गरिएको नाउर यस पटक ६ वटा संरक्षण ब्लगभित्रका ६८ वटा वाटरसेटमा करिब ६५ जनाले हिउँचितुवाको आहारा नाउरको गणना गर्ने पौडेलले बताए। निकुञ्ज, मध्यवर्ती, हिउँचितुवा संरक्षण समिति र स्थानीय सरकारको सबैको सक्रियतामा नाउर गणना गरिने छ। टोलीले ल्याएको तथ्यांक विभागले मात्रै सार्वजानिक गर्न पाउने निमित्त प्रमुख संरक्षण अधिकृत पौडेलले जानकारी दिए। 

हिउँचितुवाले पछिल्लो समयमा स्थानीयका घोडा, च्याङ्ग्रा र याक मार्न थालेपछि आहाराको मात्रा घट्दै गएको अनुमान निकुञ्जको छ। गत आवमा मात्रै निकुञ्जले हिउँचितुवाले मारेका चौपायाको १९ लाख राहत वितरण गरेको र यस आव ५० लाखभन्दा धेरै आउने आकलन गरेको पौडेलको भनाइ छ। शे–फोक्सुण्डो गाउँपालिका–९ का वडाध्यक्ष लार्काया लामाका अनुसार निकुञ्जको कोर क्षेत्रमा २४ वटा गाउँ छन्। हरेक वर्ष हिउँचितुवाले चौपाया मारिदिन्छ। हिउँचितुवा र नाउर गणनाको तथ्यांक आएपछि निकुञ्जका पोस्ट व्यवस्थापनदेखि सुरक्षा व्यवस्थासमेत मिलाउन सहज हुने निकुञ्जको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.