माटोको भाँडामा पनि भारतीय भर
विराटनगर : माटोको भाँडा बनाउने कुमाल पुख्र्योली पेशा प्रति विमुख हुँदा नेपाली बजारमा भारतीय माटोको भाँडा आउन थालेका छन् ।
भाँडा बनाउने माटो र मेहनत अनुसारको आम्दानी नहुँदा नेपाली कुमाल आफ्नो पुख्र्यौली पेशबाट विखुम हुँदा सीमा आसपासका बजारमा भारतीय कुमालले बनाएका भाँडा बिक्री हुन थालेका हुन् ।
कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले नेपाल र भारतको सीमा सिल गरेका बेला पनि भारतीय भाँडाका व्यापारी प्रदेश–१ को राजधानी विराटनगरमा माटोको भाँडाका वर्तन बिक्री गर्न आउने गरेका छन् ।
पुस्तौदेखि गर्दै आएको काम आधुनिकताको चपेटाले संकटमा परेपछि कुमकलहरु अहिले अन्य पेशमा संलग्न हुन थालेका छन् । नेपालमा भाँडा नबनेपछि भारतीय सिमावर्ती बजारका कुमालले माटोको भाडा विराटनगरको बजारमा बेच्ने गरेका छन् ।
सार्वजनिक जग्गामा माटो निकाल्न रोक लगाएपछि माटोको भाँडा बनाउने पेशा संकटमा परेको भन्दै नेपाली कुमालले अन्य पेशा रोजेका छन् ।
चाड पर्वको बेला माटाको भाँडा बढी प्रयोग हुने भएका भारत बिहारका सिमावर्ती गाउँका फरविस गञ्ज, जिमराही, पुलकाहाका कुमाल बिहानैदेखि सडक किनारामा माटोेका भाडा बिक्री गर्न व्यस्त देखिन्छन् ।
लामो समयदेखि विराटनगरको भड्ठी मोडमा माटोका भाँडाको पसल संचाल गर्दे आएका रमानन्द साहले आफूले भारतीय कुमालले बनाएका भाँडा बिक्री गर्ने गरेको बताए ।
‘व्यापार राम्रो छ । तर नेपाली कुमालले माग अनुसारको माटोका भाँडा बनाउँदैन्’, उनले भनिन् । भारतको फुलकाहा बजारका चिन्ता देवीले चार्डपर्वको बेला आफूहरु नेपाली बजारमा आएर भाँडा बिक्री गर्ने गरेको सुनाइन् । उनले बिहानदेखि बेलुकासम्म भाँडा बिक्री राम्रो हुने गरेको बताए ।
भारतीय जिमराहीका श्यामदेव पण्डितले विराटनगरका अधिकाशं पसलमा आफूले थोक रुपमा माटोका भाँडा बिक्री गर्ने गरेको बताए ।
नेपाली बजारमा माटोका भाँडा बिक्री गरेर ४ सन्तानको पढाइसहित घर चलाउने गरेको उनले बताए । माटोका भाँडा प्राय धार्मिक काम, पूजापाठको काममा प्रयोग गर्नुपर्ने अनिवार्यता रहेको छ ।
मेहनत अनुसारको आम्दानी नहुने भएकाले आफूहरु माटोका भाँडा बनाउन छोडेको विराटनगरका मनोज कम्हारले जानकारी दिए । पछिल्ला दिनमा युवा पुस्ताको आकर्षण कम हुँदा माटोका भाँडा भारतबाट ल्याउनुपर्नै बाध्यता भएको उनको भनाइ छ ।
परम्परादेखि नै माटोबाट बनाइएका विभिन्न भाँडा घरघरमा हिजोआज प्रयोग गरिन छाडेपछि पेशा नै संकटमा परेको छ । कुमालको पेशा बजारमा आएका प्लाष्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा लोप हुँदै गएकोमा बूढापाका चिन्ता व्यक्त गर्छन् ।