भेरी करिडोरमा दर्जन पुल

भेरी करिडोरमा दर्जन पुल

जाजरकोट : भेरी करिडोरमा मोटरेबल पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। जाजरकोट खण्डमा एकैसाथ एक दर्जन पुल निर्माण भइरहेको छ।  छिन्चु–जाजरकोटबाट डोल्पा जोडिने करिडोरमा एकैसाथ दर्जन पुलको निर्माण सम्पन्न हुन लागेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्टले बताए। भेरी करिडोरअन्तर्गत छेडा–खलंगा सडकको स्तरोन्नति गर्ने उद्देश्यले पक्की पुलको निर्माण थालिएको थियो। तीन वर्षअघि पुल निर्माण सम्झौता भएको थियो। 

रसुवा सूर्य कन्स्ट्रक्सन जेभीले ३६ किलोमिटर क्षेत्र भित्रपर्ने सोही सडकको छेडा–खलंगा सडकखण्डका ६ वटा पुल बनाउने गरी २२ करोडमा ठेक्का लिएको छ। छेडाचौर–खलंगा खण्डमा निर्माणाधीन ६ वटा पुलको काम अन्तिम चरणमा पुगेको छ। पुलको डिजाइन इस्टमेटमा केही समस्या आएपछि निर्माण कार्य निर्धारित समयभन्दा केही ढिलाइ भएको रसुवा सूर्य कन्स्ट्रक्सन जेभीका सञ्चालक सूर्यबहादुर खड्काले बताए। 

भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डमा यातायात सञ्चालनका लागि १३ वटा पक्की पुल निर्माण कार्य अगाडि बढेको छ। यो सडक खण्डको पासागाडदेखि नलगाड नगरको तल्लुसम्म सातवटा मोटरेबल पक्की पुलको लागि बोलपत्र आब्हन भएर काम सुरु भएको डिभिजनका प्रमुख भट्टले बताए। 

उनका अनुसार पिप्लेखोला, छर्रेखोला, नलगाड नदी, झुर्मेखोला, मैदेखोला (खुमाउरी), त्राँत्रगाड खोला र ताँसुखोला (चौखा)मा पुल निर्माणका लागि प्रक्रिया अघि बढेको छ। नलगाड नदी र झुर्मेखोलामा पुस मसान्तभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ। सातवटा पुल ३० महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ काममा जुटिरहेको भट्टले बताए। त्यस्तै, डोल्पा सडकखण्डको रूपगाड, त्रिपुराकोट, खदाङ, लगगाड र करपगाडमा पनि मोटेरेबल पुल निर्माणका लागि बोलपत्र आह्वान भएर पुल निर्माणको प्रक्रिया अघि बढेको भट्टको भनाइ छ। 

उनका अनुसार एक वर्षभित्र निर्माण कार्य पूरा गर्ने उद्देश्यका साथ ठेक्का खोलेर कामको सुरु भएको छ। सडक निर्माण कार्य सुरु भएको करिब १४ वर्षपछि पुल निर्माणको प्रक्रिया सुरु भएको हो। जाजरकोटको पासागाडबाट रिम्नासम्मका लागि सडक कालोपत्रेको काम सुरु गरिएको छ। भारतको रूपैडिया र चीनको मरिम्ला धो जोड्ने यो रणनीतिक सडक हो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.