भारतको आग्रामा कार दुर्घटना : तीन नेपालीको मृत्यु

भारतको आग्रामा कार दुर्घटना : तीन नेपालीको मृत्यु

भारत : भारतको आग्रामा बिहीबार भएको कार दुर्घटनामा ३ जना नेपालीको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्। 

दिल्लीबाट सुनौली हुँदै नेपाल घर फर्किन लागेका उनीहरू दुर्घटनामा परेको दिल्लोस्‍थित दिलबहादुर खत्रीले अन्‍नपूर्ण अनलाइनलाई जानकारी दिएका हुन्। खत्रीका अनुसार  मृत्यु हुनेमा २ जना पुरुष बाग्लुङ र एक जना महिला जनकपुरको रहेको बुझिएको छ। मृत्यु हुनेमा बाग्लुङका श्यामकुमार घर्ती र बिवश पुन मगर रहेका छन्। त्यसैगरी जनकपुरकी लक्ष्मी शर्माको पनि दुर्घटनामा ज्यान गएको छ। 

घाइते पाँच जनालाई दिल्लीको एआइआइएम् अस्पतालमा भर्ना गरिएको छ ।

आग्राबाट आउँदै गरेको कार ट्रकसँग ठोकिएर दुर्घटना भएको हो।  अनियन्‍त्रित गतिका कारण दुर्घटना भएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.