उपल्लो मुस्ताङमा चिसो बढेसँगै जनजीवन प्रभावित

उपल्लो मुस्ताङमा चिसो बढेसँगै जनजीवन प्रभावित

जोमसोम : हिउँदयामको चिसो मौसम सुरु भएसँगै उपल्लो मुस्ताङका स्थानीयको दैनिक जनजीवन प्रभावित बन्दै जान थालेको छ ।गत वर्ष कार्तिकको पहिलो सातामै भारी हिमपात भएको उपल्लो मुस्ताङमा यसवर्ष भने हिमपात नभएपनि अत्यधिक चिसो बढेको छ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा र लोमान्थाङ गापाका स्थानीयबासी बर्सेनि हिउँदयाममा आफ्नो खेतीपातीको कामकाज भ्याएर घुम्ती व्यापार व्यवसायका लागि बेसी झर्ने गर्छन् । 

तर, यसवर्ष भने विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण उपल्लो मुस्ताङी गाउमा बस्न बाध्य भएका हुन् । कोरोना भाईरसको त्रासका कारण गाउमै बस्न बाध्य उपल्लो मुस्ताङबासीले यसवर्ष एकातिर हिउँदको चिसोको सामना गर्नुपर्ने भएको छ भने अर्कोतर्फ घुम्ती व्यापार गर्न नपाएपछि आर्थिक अभावले दैनिक जिविकोपार्जनमा समस्या पर्ने देखिएको छ ।

लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत घनश्याम सुवेदीले उपल्लो मुस्ताङको जनजिवन  चिसोका कारण दिनप्रतिदिन प्रभावित बन्दै गएको बताए । प्रशासकीय अधिकृत सुवेदीले उपल्लो मुस्ताङमा चिसो ह्वात्तै बढेसंगै तापक्रम माईनस १५ डिग्रीमा झरेको , नदीनाला ,धारा र घरका सेफ्टी ट्याङकी समेत जमेकाले स्थानीयको दैनिक क्रियाकलापमा बाधा पुगेको उल्लेख गरे ।

प्रशासकीय अधिकृत सुवेदीले अत्यधिक चिसो बढेकाले स्थानीय घरबाट बाहिर निस्कन समेत समस्या परेको उल्लेख गरे ।उनका अनुसार उपल्लो मुस्ताङका स्थानीयमा कोरोना त्राससँगै चिसोले मानव तथा पशु स्वास्थ्यमा प्रतिकुल असर पुर्‍याएको छ ।

उपल्लो मुस्ताङको मुख्य आम्दानीको श्रोत कृषि र पर्यटन व्यवसाय भएपनि विगत १० महिना देखि कोरोना कहरले उपल्लो मुस्ताङमा आन्तकिर तथा बाह्य  पर्यटकको उपस्थिती सुन्य छ । कृषि व्यवसाय मार्फत गरिएको उत्पादनले ६ महिनापछि उपल्लो मुस्ताङीलाई जिवन निर्वाह गर्न मुश्किल पर्छ । 

बर्सेनि हिउदयाममा स्थानीय बेशी झरेपछि सुनसान हुने उपल्लो मुस्ताङमा यसवर्ष कोरोनाका कारण स्थानीय गाउमै रहेकाले चिसोका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर पुर्‍याउने अनुमान गरिएको छ । यसवर्ष गाउमै बस्न बाध्य स—साना बालबच्चा देखि बृद्धबृद्धाहरु र दिर्घ रोगीहरुलाई चिसोले बढी समस्या पार्ने देखिएको हो । गत वर्ष कार्तिकको पहिलो हप्तामै अधिकांश उपल्लो मुस्ताङीहरु जाडो छल्न बेशी झर्ने गथ्र्ये ।

लोमान्थाङ —५ का स्थानीय टसी आङग्या गुरुङले गतवर्ष भन्दा यसवर्ष अत्यधिक मात्रा चिसो बढेको बताए । उनले उपल्लो मुस्ताङमा चिसो बढेसंगै पानीका सबै श्रोत जम्न पुगेको उल्लेख गरे ।

उनले उपल्लो मुस्ताङीहरु गत वर्ष हिउदयाम सुरु हुन अगावै घुम्ती व्यापारका लागि बेसी झर्ने गरेपनि यसवर्ष स्थानीय कोरोना त्रासले गाउमै बस्न बाध्य भएको बताए । कोरोनाका कारण गाउँमै बस्न बाध्य उपल्लो मुस्ताङीहरुलाई घुम्ती व्यापार गर्न नपाएपछि आर्थिक संकट आईपर्ने उनले उल्लेख गरे । उपल्लो मुस्ताङका स्थानीयले चिसो थेग्न बिजुली र इन्धनको अभाव पर्ने भएकाले स्थानीयले चिसोबाट बच्न पशुचौपायाको गुईठा बालेर बस्नु पर्ने अवस्था रहेको उनले जनाए ।

उपल्लो मुस्ताङका १८ वटा सामुदायिक विद्यालयको शैक्षिक पठन÷पाठन भने चिसो मौसम पनि सूचारु रहेको लोमान्थाङ गाउपालिकाले जनाएको छ । कोरोना त्रासका कारण लामो समय देखि शैक्षिक पठन/पाठन बन्द रहेका बिद्यालयले नेपाल सरकारले निर्देशन गरेको विद्यार्थी सिकाइ सहजीकरण कार्यविधि अनुसार पढाइलाई निरन्तरता दिएका हुन् ।

बर्सेनि शैक्षिक सत्र सकेर असोज महिनामै घुम्तीका लागि बेसी झर्ने विद्यालयले यसवर्ष कोरोना जोखिमकै कारण साविक स्थानमा पढाइ सञ्चालन गरेका हुन् । शिक्षक, विद्यालय,अभिभावक र स्थानीय तहको सहमतीमा चिसो मौसममा समेत उपल्लो मुस्ताङमा विद्यालय सञ्चालनमा आएका हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.