मुस्ताङमा एकै दिन थपिए १३ कोरोना संक्रमित
जोमसोम : मुस्ताङमा आइतबार एकै दिन १३ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । मुस्ताङमा ४ पटकसम्म गरिएको कन्ट्रयाक ट्रेसिङमा यो संख्या अहिलेसम्मकै उच्च भएको जनाइएको छ।
थासाङ गाउँपालिकामा २ जना र घरपझोङ गाउपालिकामा ११ जना नया कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ । मुस्ताङमा आज थपिएका कोरोना संक्रमितसँगै सक्रिय कोरोना संक्रमितको संख्या २१ पुगेको छ भने निस्क्रिय कोरोना संक्रमितको संख्या २ पुगेको छ । जस अन्तरगत मुस्ताङको घरपझोङ गाउँपालिकामा पुरुष ९ र महिला ५ जना व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको छ । यस्तै थासाङ गाउँपालिकामा पुरुष ४ जना र महिला २ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै मुस्ताङका लोघेकर दामोदरकुण्ड गाउँपालिकामा यसअघि १ जना व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए । यसअघि कोरोना पोजेटिभ पुष्टि भइ निको हुनेमा एक जना महिला र एक जना पुरुष गरी २ जना व्यक्ति छन् ।
मुस्ताङमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि गरिएको चौथो चरणको कन्ट्रयाक ट्रेसिङमा एकदिनै १३ जना कोरोना संक्रमित थपिएको यो पहिलो हो । थासाङ र घरपझोङ गाउँपालिकाको स्थानीय सिसीएसीको पहलमा जिल्ला स्वास्थ्य कार्यालय ,जिल्ला अस्पताल र लेते प्राथमिक उपचार केन्द्रका स्वास्थ्यकर्मीको समन्वयमा कन्ट्रयाक ट्रेसिङमा परेका कुल २५ जना व्यक्तिको नमुना स्वाब संकलन गरी पोखरास्थित क्षयरोग परीक्षण केन्द्रको प्रयोगशालामा परीक्षण गर्दा १३ जना नया कोरोना संक्रमित थपिएका हुन् ।
मुस्ताङमा समुदाय स्तरमा फैलिएको कोरोना संक्रमित कन्ट्रयाक ट्रेसिङमा तेश्रो र चौथो पटकको नतिजामा स्वास्थ्यकर्मी ,जनप्रतिनिधि,पत्रकार ,शिक्षक,बिद्यार्थी ,सुरक्षाकर्मी र सर्वसाधारण व्यक्ति लगायतमा कोरोना संक्रमण देखा परेको हो ।यो संगै मुस्ताङ कारागारमा एक थुनुवासहित ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
लगातारको कन्ट्रयाक टेसिङमा कोरोना संक्रमितको रेन्ज वृद्धि हुन थालेपछि मुस्ताङमा कोरोनाको त्रास बढेको छ । दशै अघि ग्रिन जोनमै कायम रहेको मुस्ताङमा विभिन्न व्यक्तिको जिल्ला भित्र र बाहिर आउजाउ बढेसंगे मुस्ताङमा कोरोनाले जरो गाडेको हो ।