मुस्ताङको उत्तरी क्षेत्रमा हिमपात सुरु

मुस्ताङको उत्तरी क्षेत्रमा हिमपात सुरु

जोमसोम: हिमाली जिल्ला मुस्ताङमा यस सिजनको पहिलो हिमपात भएको छ । सोमबार बिहानैदेखि मुस्ताङको उत्तरी क्षेत्रमा हिमपात पर्न सुरु भएको हो ।

 मुस्ताङको उत्तरी क्षेत्रको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा बाक्लो हिउँ परेको छ। यस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल मुक्तिक्षेत्र तथा आसपासका गाउँहरुमा समेत हिमपात भएको छ । गत वर्ष उपल्लो मुस्ताङमा कात्तिक महिनाको सुरुतिरै हिउँ परेको थियो भने यस वर्ष कात्तिकको अन्तिममा हिमपात भएको छ ।

लोमान्थाङ—४ छोसेरस्थित नेचुङमा रहेको सशस्त्र प्रहरी बलको बिओपि ईञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुजन रानाभाटले उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रमा बिहानैदेखि बाक्लो हिउँ पर्न सुरु गरेको जानकारी दिए । उनका अनुसार उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका अन्तर्गत छोसेर ,कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो र लोमान्थाङ लगायत आसपासका गाउँहरुमा हिमपात जारी रहेको बताए ।

उपल्लो मुस्ताङमा हिमपात भएसँगै स्थानीयको जनजीवन कष्ठकर बनेको छ । उपल्लो मुस्ताङमा हिमपात भएपछि त्यस आसपास डाँडाकाढादेखि गाउँबस्ती समेत हिउँले सेताम्मे बनेका छन् । केही दिनअघि हिउँ नपरे पनि अत्याधिक चिसो बढेको उपल्लो मुस्ताङमा हिमपातसँगै खोलानाला, धारा र घरका सेफ्टी जमेको छ ।

उपल्लो मुस्ताङमा हिमपात भएसँगै तापक्रम माईनस २० डिग्रीमा झरेको स्थानीय अधिकारीले जानकारी दिए । स्थानीय पशुपालकले पालन गरेका याकचौरी, भेडाच्याङ्ग्रा र घोडा खच्चड लगायत पशुचौपायालाई हिमपातले असर पुर्‍याएको छ । बिओपी ईञ्चार्ज रानाभाटले हिमपात २४ घण्टा समेत कायम रहेमा २ फिट बढी हिउँ पर्ने दावी गरे ।

यस वर्ष खेतीपातीको कामकाज सकेर घुम्ती व्यापार व्यवसायका लागि बेसी झर्ने गरेका उपल्लो मुस्ताङीहरु कोरोनाका कारण हिमपातसँगै गाउँमा कठाङ्ग्रिएर बस्न बाध्य छन् । साथै स्थानीयहरु घर बाहिर निस्कन पनि कठिन भएको बताउँछन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट उपल्लो मुस्ताङमा जारी सिजनको पहिलो हिमपात भएको जानकारी दिए । हिमपातसँगै स्थानीयको दैनिकीमा समेत प्रतिकुल असर पुर्‍याएको अध्यक्ष बिष्टले जनाए ।

यस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—१ को प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ क्षेत्रमा सोमबार बिहानैदेखि हिउँ पर्न सुरु गरेको झारकोट स्वास्थ्य चौकीका अहेब सुवास अधिकारीले जानकारी दिए। अहेब अधिकारीले मुक्तिनाथ क्षेत्रमा ५ सेन्टिमिटर हिउँ परेको बताए ।

मुस्ताङको तल्लो क्षेत्र घरपझोङ गाउँपालिकाका लेकमा समेत आंशिक हिउँ परेको जनाइएको छ । तल्लो क्षेत्रमा हिउसँगै सामान्य वर्षा भएको जोमसोमका स्थानीय अजित थकालीले जानकारी दिए ।हिमाली जिल्ला मुस्ताङको उत्तरी क्षेत्रका जनताको स्थानीय जनजीवन कष्ठकर बने पनि हिमपातले कृषि र पर्यटन क्षेत्रमा सहयोग पुग्ने भएकाले किसान र पर्यटन व्यवसायीहरु खुसी देखिएका छन् । हिउँले खेतीयोग्य जमिनमा सिचाइको काम गर्ने भएको र हिमपातले सिन्चित खेतीयोग्य जमिनमा लगाएको अन्नवाली बढ्ने बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.