मुस्ताङको छोसेरमा आगलागीबाट एक घर नष्ट, प्रहरी भोलिपल्ट मात्रै पुग्यो

मुस्ताङको छोसेरमा आगलागीबाट एक घर नष्ट, प्रहरी भोलिपल्ट मात्रै पुग्यो

जोमसोम : हिमाली जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिका—१ छोसेरको सिंजास्थित एक घरमा सोमबार साँझ आगलागी हुँदा घर जलेर ध्वस्त भएको छ ।

स्थानीय लाक्पा ढिन्डुक गुरुङको एकतले ५ कोठे ढुङ्गा र माटोले बनेको घरमा आगालागी हुँदा लाखौँ रकम बराबरको क्षति भएको बताइएको छ । क्षतिको पूर्ण विवरण भने आइसकेको छैन ।मंसिर  १ गते भाइटीकाको दिनमा मुस्ताङको उत्तरी क्षेत्रमा भारी हिमपात भएको थियो । हिमपातसँगै अत्याधिक चिसो बढेकाले स्थानीय लाक्पा ढिन्डुक गुरुङको घरमा घरमै गुईठा बालेर आगो तापेर बस्ने क्रममा साँझ ७ बजे भीषण आगलागी भएको दिव्यदीप माविका शिक्षक गोबिन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

आगलागीबाट गुरुङको घरमा रहेको फर्निचरका सामान, वायरिङ गरिएको सोलार उपकरण, लत्ता कपडा र घरमा हिउँदयामका लागि जाडो छल्न जोहो गरिएको गुईठा जलेर नष्ट भएको शिक्षक श्रेष्ठले बताए । आगलागीबाट पशुचौपाया तथा मानवीय जोखिम नभए पनि ५ कोठे घर जलेर ध्वस्त भएको छ ।

आगलागी भएपछि दिव्यदीप माविका शिक्षकहरुसहित स्थानीयको करिव २२ जनाको समूहले ४ घण्टापछि आगो नियन्त्रणमा लिएको थियो । तर शिक्षक तथा स्थानीयबासीले आगो नियन्त्रणमा लिएको भए पनि मोवाइल नेटवर्कको समस्याले प्रहरी उपस्थित हुन सकेन । घटनाको भोलिपल्ट मात्र प्रहरी घ६नास्थलमा पुगेर क्षति विवरण संकलन गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.