हात्ती नियन्त्रणको माग

हात्ती नियन्त्रणको माग

उदयपुर : उदयपुरको सदरमुकाम आसपासका क्षेत्रमा हात्तीले भौतिक क्षति पुर्‍याएपछि सर्वसाधरणले हात्ती नियन्त्रणको माग गरेका छन् । बुधबार राती दक्षिणी क्षेत्रबाट प्रवेश गरेका सातवटा हात्तीको समूहले सर्वसाधरणका एक दर्जन घर भत्काएपछि स्थानीयले नियन्त्रणको माग गरेका हुन् । 

त्रियुगा नगरपालिका ४ स्थित जंगल छेउको बस्तीबाट प्रवेश गरेको हात्तीले शिवशक्तिटोल, लाइनटोल, वडानं ५ को श्रीपुर, वडानं ६ को लालपत्ता क्षेत्रका एक दर्जन घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । 

हात्तीले सर्वसाधरणको घर भत्काउनुका साथै खेतमा रहेको र भकारीमा थन्काइएको धान, केरालगायतका अन्नबाली नष्ट गरेको उनले बताए । दिनहुँजसो हात्तीले दुःख दिने र भौतिक संरचनामा क्षति पुर्याएपछि नियन्त्रणका लागि स्थानीय प्रशासनसँग अनुरोध गरिएको स्थानीय युवराज कार्कीले बताए । 

उनले भने, ‘विगत एक महिनादेखि सर्वसाधरण रातभर सुत्न पाएका छैनन्, सुतेको बेलका घरमा क्षति पुर्याउने डरले आलोपालो गरेर सुतेका छौं, ‘रातभर जाग्राम बस्दा पनि नियन्त्रण गर्न सकेका छैनौं, कार्कीले भने, ‘हात्ती गाउँ प्रवेश गरेपछि हल्लाखल्ला गरी राको बालेर लखेटछौ त्यति गर्दापनि अली अली विगार गरी हाल्छ ।'
 
वडानं ४ का अध्यक्ष सुवान निरौलाले नियन्त्रणका लागि नगरपालिका र प्रशासन संमक्ष कुरा उठाएको बताए । उनले स्थानीयको र वडाको प्रयासबाट मात्र नियन्त्रण नहुने भएकाले माथिल्लो निकायबाटै योजना बनाइ अघि बढ्नु पर्ने बताए ।

समयमा नियन्त्रण नगर्ने हो भने धेरै क्षति हुने संम्भावना रहेको उनको भनाइ छ । प्रायजसो धान पाक्ने सिजनमा जंगली हात्ति बर्षेनि निस्कने गरेका छन् । समूहगतरुपमा गाउँ प्रवेश गर्ने हात्तीले बर्षेनि सर्वसाधरणको ज्यान लिने, अन्नवाली र घरमा क्षति पुर्‍याउने गरेको स्थानीयको भनाई छ । स्थानीयले हात्ती तर्साउनका लागि आगोको राकाँ, घण्टीको प्रयोग गरेपनि अटेर गर्ने गरेको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.