बैतडीमा संक्रमितको संख्या ५०८ पुग्यो
बैतडी : बैतडीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५ सय ८ पुगेको छ । आइतबार थप ५ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या ५ सय ८ पुगेको हो ।
जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिका ८ का २७ वर्षीय पुरुष, दशरथचन्द नगरपालिका ४ का ५२ वर्षीय महिला, सशस्त्र प्रहरीका २९ वर्षीय पुरुष, नेपाली सेनामा कार्यरत २१ वर्षीय र २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
आइतबार संक्रमण पुष्टि भएका सबैको स्वास्थ्य अवस्था समान्य रहेको छ । ५०८ जना संक्रमितमध्ये २३ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
सक्रिय संक्रमितमध्ये दशरथचन्द नगरपालिकामा ८, पाटन नगरपालिकामा ६, सूर्नया गाउँपालिकामा ४, पुर्चौैंडी नगरपालिकामा ३ र दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा १/१ जना रहेका छन् ।
जिल्लामा अहिलेसम्म ६ हजार ५८६ जनाको पिसीआर विधिमार्फत कोरोना परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।