गाउँपालिकामा राखिएको बम सेनाले गर्यो डिस्पोज

गाउँपालिकामा राखिएको बम सेनाले गर्यो डिस्पोज

उदयपुर : उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले आइतबार साँझ डिस्पोज गरेको छ । 

गाउँपालिकाको प्रशासकीय भवनलाई लक्षित गरी अज्ञात समूहले कार्यालय क्षेत्रमा राखेको सुतली बम सदरमुकामा गाईघाटबाट पुगेको सेनाको टोलीले डिस्पोज गरेको हो । 

शनिबार राति १ः१५ बजे पालिकाको नागरिक सहायता कक्षामा राखिएको सुतली बम राति नै विष्फोट भएको थियो भने अर्को गेट नजिकै राखिएको बम सेनाको टोलीले डिस्पोज गरेको  प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए । 

सेना पुग्नु अघि नजिकमा रहेको प्रहरी चौकी रुपाटार, इलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले घटनास्थललाई घेरा हालेर सुरषा दिएको एसपी भिमबहादुर दाहालले जानकारी दिए । सेनाले माथिल्लो आदेश पर्खनु पर्ने भएपछि घटना लगत्तै इप्रकाका डिएसपी हेमन्त भण्डारी र जिप्रकाका इन्स्पेक्टरको नेतृत्वमा अलग–अलग टोली परिचालन भएको थियो । 

बम विस्फोटबाट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको एसपी दाहालले बताए । विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको उनले बताए । घटनाको हालसम्म कुनै पंक्षले जिम्मा नलिएको र कोही पनि पक्राउ नपरेको उनले बताए । 

विप्लव समूहले विष्फोट गराएको हुन सक्ने प्रहरीको अनुमान छ । अहिलेसम्म घटनामा विप्लव समूहको संलग्नता रहेको प्रमाण भने फेला परेको छैन । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.