नगरपालिकामा अख्तियारको छापा

नगरपालिकामा अख्तियारको छापा

राजविराज : सप्तरीको बोदे बर्साइन नगरपालिका सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। एउटै समान फरक–फरक मूल्यमा मात्र नभइ बजार मूल्यभन्दा हजारौँ गुणा बढीमा खरिद गरेको सार्वजनिक भएपछि अख्तियारले छापा मारेको हो। कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको भन्दै चौतर्फी चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो। अख्तियारले कोरोनासँग सम्बन्धित फाइल लगेको कर्मचारीले बताएका छन्।

नगरपालिकाले कात्तिक २६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा २ करोड २१ लाख ३४ हजार खर्च भएको विवरण सार्वजनिक गरेको थियो। हिसाबमा अनियमितता भएको प्रष्ट देखिएको भन्दै विरोध हुन थालेपछि नगरपालिकाले मंसिर ३ गते हतारहतार पत्रकार सम्मेलन गरेर १ करोड २७ लाख २९ हजार रुपैयाँ मात्र कोरोना शीर्षकमा खर्च भएको जनाएको छ। 

नगर प्रमुख आतेशकुमार सिंह यादवले कर्मचारीको लापरवाही र कमजोरीका कारण प्रिन्ट मिस्टेक भएर हिसाब गल्ती भएको स्पष्टीकरण दिएका छन्। उनले लोकसेवा आयोग भर्खरै उत्तीर्ण गरेर आएका अनुभवहीन कर्मचारीका कारण गल्ती हिसाब देखाइएको बताए। सार्वजनिक गरिएको खर्च विवरणमा लाइफब्वाय साबुनको प्रतिगोटा ३ हजार ८३१ रुपैयाँ ४२ पैसा देखाइएको थियो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ शर्माले समेत खर्च विवरणमा ‘प्रिन्ट मिस्टेक’ भएको स्वीकार्दै टाइप गर्दा ९५ कार्टुन लेख्नुपर्नेमा ९५ वटा भएको भनेर ढाकछोप गर्ने प्रयास गरेका छन्। बोदे बर्साइन नगरपालिका कार्यालयले दिएको हिसाबमा ०७६ चैत २२ गते ९५ वटा साबुन ३ लाख ६३ हजार ९ सय ८५ रुपैयाँ लागतमा खरिद गरिएको देखाएको थियो। टाइप गर्दा ९५ कार्टुन लेख्नुपर्नेमा कर्मचारीको कमजोरीले ९५ वटा भएको नगर प्रमुख यादवको समेत दाबी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.