बालिकालाई जबरजस्ती गरेको आरोपमा विक पक्राउ
स्याङ्जा : १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३८ वर्षीय रमेश भन्ने मैते विक पक्राउ परेका छन्। बालिकालाई जबर्जस्ती गरेको भनी प्रहरी कार्यालयमा परेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।
धादिङ घर भई पोखरा महानगरपालिका नयाँगाउँ बस्ने विक कामको शिलशिलामा स्याङ्जा आएको बताइएको छ। बिकले कात्तिक २६ गते साँझको करिब ९ बजे जबरजस्ती करणी गरेको आरोप छ।
आरोपित मैते बि.क.लाई पक्राउ गरी करणी सम्बन्धी कसूर जवरजस्ती करणी मुद्धामा मुद्धा दर्ता गरी जिल्ला अदालत स्याङ्जाबाट मंगलबार १० म्याद थपगरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।